काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको ठुला शेयरधनीहरुमा बैंकहरुकै वर्चश्व रहेको छ । कम्पनीमा एक प्रतिशत वा सोभन्दा धेरै शेयर स्वामित्व कायम भएका लगानीकर्ताको संख्या १६ रहेको छ । जसमा ७ वटा बैंक रहेका छन् ।
कम्पनीमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, ज्योति विकास बैंक, प्रभु बैंक, संग्रिला डेभलपमेन्ट बैंक, एक्सल डेभलपमेन्ट बैंक, एनएमबी बैैक र महालक्ष्मी विकास बैंकको स्वामित्व एक प्रतिशत भन्दा धेरै रहेको छ । जसमध्ये सबैभन्दा धेरै स्वामित्व नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको रहेको छ । यस बैंकको स्वामित्व ६.९८ प्रतिशत तथा ३३ लाख कित्ता शेयर रहेको छ ।
यसैगरी, ज्योति विकास बैंकको स्वामित्व ६.६९ प्रतिशत तथा ३१ लख ६१ हजार कित्ता शेयर रहेको छ भने प्रभु बैंकको स्वामित्व ५.११ प्रतिशत तथा २४ लाख १५ हजार ६०० कित्ता शेयर र साङ्ग्रिला डेभलपमेन्ट बैंकको ४.५४ प्रतिशत स्वामित्व तथा २१ लख ४६ हजार ८६४ कित्ता शेयर रहेको छ ।
एक्सल डेभलपमेन्ट बैंकको स्वामित्व २.७९ प्रतिशत, एनएमबी बैंकको १.७५ र महालक्ष्मी विकास बैंकको स्वामित्व १.६६ प्रतिशत रहेको छ ।
अघिल्लो आर्थिक २०७९/०८० वर्षको तुलनामा गत वर्ष २०८०/०८१ मा सम्झना अर्यालको शेयर स्वामित्व घटेको छ । अघिल्लो वर्ष सम्झनाको शेयर स्वामित्व ६.९८ प्रतिशत थियो । गत वर्ष उनको स्वामित्व २.६८ प्रतिशतमा झरेको छ । कम्पनीका हाल उनको १२ लाख ६५ हजार कित्ता शेयर रहेको छ ।
गत वर्ष कम्पनीमा अवेजराज सुमार्गी प्रवेश गरेका छन् । उनी ११ लाख कित्ता शेयरसहित कम्पनीको ठूला लगानीकर्ताको रुपमा प्रवेश गरेका हुन् । हाल कम्पनीमा उनको स्वामित्व २.३३ प्रतिशत रहेको छ ।