काठमाडौं। बिहिबार नेपाली बजारमा सुनको मूल्य सामन्य घटेको छ । हिजो तोलामा ९०० रुपैयाँ वृद्धि भएको सुनको मूल्य आज प्रतितोला ४०० रुपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९५ हजार ५०० रुपैयाँ कायम भएको छ।
यसअघि बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९५ हजार ९०० रुपैयाँ कायम भएको थियो ।
यस्तै आज चाँदीको मूल्य पनि तोलामा २५ रूपैयाँले घटेको छ । यसअघि बुधबार तोलामा २ हजार २२५ रुपैयाँ तोकिएको चाँदीको मूल्य बिहिबार २ हजार २०० रूपैयाँ निर्धारण भएको छ।