काठमाडौं । भेस्पा र अप्रिलिया स्कूटरहरूको नेपालका लागि आधिकारिक बिक्रेता डेल्टा अटोकर्प प्रालिले मनसुनमा ५एक्स मज्जा भन्ने विशेष अफर सार्वजनिक गरेको छ । यस अफर अन्तर्गत ग्राहकहरूले भेस्पा र अप्रिलिया स्कूटर खरिद गर्दा नगद छुटका साथै आकर्षक उपहार तथा सहभागी मात्र भएर समेत क्यास ब्याक जित्ने अवसर प्राप्त गर्न सक्नेछन् ।
यस अफरमा आधिकारिक वेबसाइटमा रजिस्ट्रेशन गर्दा १० हजार रुपैयाँसम्मको क्यासब्याक पाउन सकिने छ । साथै, स्कूटर खरिदमा ७५ हजार रुपैयाँसम्मको नगद छुट, तथा आर्थिक वर्ष २०८१/२०८२ र २०८२/२०८३ को सवारी कर छुट, हालसम्मकै न्यूनतम ब्याजदर ४.९९ प्रतिशतमा फाइनान्स सुबिधा तथा सहज एक्सचेन्ज सुविधा पनि उपलब्ध छ । यसका साथै उपहार स्वरूप प्रत्येक खरिदमा ब्राण्डेड हेल्मेट, रेनकोट र स्कूटर कभर पनि प्रदान गर्ने कम्पनीले जनाएको छ ।
यो अफर सम्पूर्ण नेपालभरका अधिकृत शोरूमहरूमा लागू हुने जनाइएको छ । अफर सीमित अवधिको लागि मात्र लागू हुने भएकाले नजिकको शोरूमबाट थप जानकारी लिन वा वेबसाइटमा रजिस्टर गर्न कम्पनीले अनुरोध गरेको छ ।