काठमाडौं । साताको अन्तिम कारोबार दिन आज बिहीबार शेयर बजार परिसूचक नेप्से दोहोरो अंकले घटेको छ । यस दिन २४.७६ अंकले घटेर बजार २ हजार ६२८.९१ बिन्दुमा ओर्लिएको छ ।
२०१ वटा कम्पनीको शेयर मूल्य घट्दा ४७ कम्पनीको मूल्य बढेको छ । जहाँ दुई कम्पनीको शेयर मूल्यमा नकरात्मक र एक कम्पनीको मूल्यमा सकरात्मक सर्किट लागेको छ । पियोर इनर्जी लिमिटेड र रसुवागढी हाइड्रोपावर कम्पनीको शेयर मूल्य समान १० प्रतिशतका दरले घट्दा पञ्चकन्य माई हाइड्रोपावरको शेयर मूल्य ९.९८ प्रतिशतले वृद्धि भएको छ ।
आज बजार घटेपनि कारोबार भने बढेको छ । हिजो बुधबार ९ अर्ब ८ करोड ५८ लाख ८६ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको थियो । आज ११ अर्ब २३ करोड १४ लाख ८९ हजार रुपैयाँ बढीको शेयर किनबेच भएको छ ।सबैभन्दा धेरै कारोबार न्यादी ग्रुप पावरको ८५ करोड ४४ लाख रुपैयाँ बढीको शेयर कारोबार भएको छ ।
यस दिन सवै उपसमूहको परिसूचक रातामै भएको छ । सबैभन्दा धेरै ट्रेडिङ उपसमूहको परिसूचक २.४७ प्रतिशतले घटेको छ ।