शीर्षकहरू

आज सुनको मूल्य ८ सय रूपैयाँले घट्याे

आज सुनको मूल्य ८ सय रूपैयाँले घट्याे

काठमाडाैँ । शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको छ। आज सुनको मूल्य ८ सय रूपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार  छापावाल सुनको मूल्य तोलाको एक लाख ९४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहिबार सुन प्रतितोला एक लाख ९५ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । 

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी २ हजार १ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । बिहिबार चाँदी २ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । 

आज प्रति १० ग्राम सुनको मूल्य एक लाख ६६ हजार ९२५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य एक हजार ८ सय ४३ रुपैयाँ ५० पैसा कायम भएको छ ।