शीर्षकहरू

राष्ट्र बैंकद्वारा २ भुक्तानी सेवा प्रदायकको लाईसेन्स खारेज, अवैध सुन कारोबारको भुक्तानी प्रक्रियामा संलग्नता

राष्ट्र बैंकद्वारा २ भुक्तानी सेवा प्रदायकको लाईसेन्स खारेज, अवैध सुन कारोबारको भुक्तानी प्रक्रियामा संलग्नता

काठमाडौं ।  नेपाल राष्ट्र बैंकले दुई वटा भुक्तानी सेवा प्रदायकको लाईसेन्स खारेज गरेको छ । राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले पेवेल नेपाल प्रा.लि. तथा सजिलो पे पेमेन्ट सर्भिसेज प्रा. लि. लाई प्रदान भएको भुक्तानी सेवा प्रदायकको अनुमतिपत्र खारेज गरेको हो।

पेवेल र सजिलो पेले कानुनविपरीत काम गरेको भन्दै राष्ट्र बैंकले अनुमतिपत्र खारेज गरिदिएको हो । अवैध सुन कारोबारको भुक्तानी प्रक्रियामा डिजिटल पेमेन्ट गेटवे पेवेल र सजिलो पेको संलग्नता रहेको भेटिएको थियो । 

गत असारमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पत्रकार सम्मेलन गरी यी दुई सेवा प्रदायक संस्थाहरूबाट अवैध सुन कारोबारको भुक्तानीमा सहजीकरण भएको खुलासा गरेको थियो । सोही विषयमा अनुसन्धान गर्दा ती कम्पनीहरू दोषी पाइएपछि राष्ट्र बैंकले अनुमति पत्र खारेज गरेको हो ।

राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायकको रूपमा कार्य गर्ने गरी पेवेल नेपाललाई २०७७-०६-११ र सजिलो पे पेमेन्ट सर्भिसेजलाई २०७७-१२-१७० गते लाईसेन्स दिएको थियो ।

तर यी दुई कम्पनीले भुक्तानी तथा फस्र्यौट ऐन २०७५, भुक्तानी तथा फछ्यौट विनियमावली २०७७, भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन २०८१ तथा सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) निवारण ऐन २०६४ का विभिन्न प्रावधानहरूको उल्लङ्घन गरेको पाइएकोले लाईसेन्स खारेज गरिएको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकको असार ५ गते बसेको संचालक समितिको बैठकले भुक्तानी तथा फर्म्याट ऐन, २०७५ को दफा ३५ को उपदफा (१) को खण्ड (च) को व्यवस्थाअनुसार उक्त संस्थाहरूको अनुमतिपत्र खारेज गर्ने निर्णय गरेको हो।

null