काठमाडौं। जिल्ला प्रहरी परिसर काठमाडौंले बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी प्रणवलाल सिंलाई पक्राउ गरेकोछ । २१ लाख बिगो रकम भएको बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी सिंलाई प्रहरीले हिजो (बिहीबार) काठमाडौं–१३ बाट पक्राउ गरेको हो ।
उनी प्रतिवादी रहेको सो मुद्दामा २१ लाख बराबरको बिगो रकम र २ वर्ष कैद सजाय तोकिएको छ । उनलाई फैसला कार्यान्वयनको लागि सम्मानित काठमाडौं जिल्ला अदालत पेश गरिएको प्रहरीले जनाएको छ ।