शीर्षकहरू

नेपालको वैदेशिक व्यापार : ११ महिनामा झण्डै १४ खर्ब घाटा, यसकारण देखियो निर्यातमा उच्च सुधार

नेपालको वैदेशिक व्यापार : ११ महिनामा झण्डै १४ खर्ब घाटा, यसकारण देखियो निर्यातमा उच्च सुधार

काठमाडौं । चालु आर्थिक वर्षमा गत आर्थिक वर्षको तुलनामा नेपालको समग्र वैदेशिक व्यापारमा वृद्धि भएको छ। भन्सार विभागको तथ्यांक अनुसार वैदेशिक व्यापार १८.८० प्रतिशतले बढेको छ । चालु आर्थिक वर्षको ११ महिनामा आयात १३.१५ प्रतिशत तथा निर्यात ७७.७७ प्रतिशतले वृद्धि भएको विभागले जनाएको छ।

चालु आर्थिक वर्षको ११ महिनामा वैदेशीक व्यापार १८ खर्ब ९२ अर्ब ३६ करोड ७७ लाख ९९ हजार रुपैयाँको पुगेको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा नेपालको १८.८० प्रतिशतले धेरै हो । गत आवको यसै अवधिमा वैदेशीक व्यापार १५ खर्ब ९२ अर्ब ९६ करोड ६५ लाख २५ हजार रुपैयाँ बराबरको वैदशिक व्यापार भएको थियो । 

विभागका अनुसार समीक्षा अवधिमा १६ खर्ब ४४ अर्ब ७९ करोड ७५ लाख ८६ हजार रुपैयाँ बराबरको वस्तु नेपालमा आयात भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा नेपालमा १४ खर्ब ५३ अर्ब ७० करोड ४१ लाख ९२ हजार रुपैयाँ बराबरको वस्तु आयात भएको थियो । आयात १३.१५ प्रतिशतले बढेको हो । 

त्यस्तै, चालु आर्थिक वर्षको ११ महिनामा नेपालबाट २ खर्ब ४७ अर्ब ५७ करोड २ लाख १३ हजार रुपैयाँ बराबरको वस्तु विभिन्न देशमा निर्यात भएको विभागको तथ्यांकले देखाएको छ । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो निर्यात १ खर्ब ३९ अर्ब २६ करोड २३ लाख ३३ हजार रुपैयाँ बराबरको भएको थियो । निर्यात ७७.७७ प्रतिशतले वृद्धि भएको हो । 

चालु आर्थिक वर्षको ११ महिनासम्ममा नेपालको व्यापार घाटा झण्डै १४ खर्ब पुगेको छ । विभागका अनुसार जेठ मसान्तसम्ममा १३ खर्ब ९७ अर्ब २२ करोड ७३ लाख रुपैयाँ बराबर व्यापार घाटा रहेको छ । गत वर्षको यसै अवधिको तुलनामा व्यापार घाटा ६.३० प्रतिशतले बढेको हो । गत वर्षको सोही अवधिमा ३० खर्ब १४ अर्ब ४४ करोड १८ लाख रुपैयाँ बराबरको व्यापार घाटा भएको थियो ।

विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको जेठ मसान्तसम्म नेपालमा आयात भएका वस्तु मध्ये सबैभन्दा धेरै मूल्यको डिजेल आयात भएको छ । सो अवधिमा एक खर्ब १५ अर्ब ५५ करोड एक लाख ७१ हजार रुपैयाँ बराबरको डिजेल आयात भएको छ ।

सो अवधिमा दोस्रो धेरै आयात सोयाबिन तेलको कच्चा पदार्थ ९५ अर्ब ७२ करोड ६१ लाख ५२ हजार रुपैयाँ बराबरको भएको छ । त्यस्तै, पेट्रोल तेस्रो धेरै मूल्य बराबरको र ग्यास चौथो धेरै मूल्य बराबरको आयात भएको छ।

समीक्षा अवधिमा नेपालबाट सबैभन्दा धेरै मूल्य बराबरको सोयाबिन तेल र सो सँग सम्बन्धित सामग्रीको निर्यात भएको छ। विभागको तथ्यांक अनुसार सो अवधिमा नेपालबाट ९३ अर्ब ५१ करोड ७१ लाख ८१ हजार रुपैयाँ बराबरको सोयाबिन तेल र त्यसका छोक्राको निर्यात भएको हो।

त्यस्तै, सो अवधिमा ११ अर्ब ३३ करोड ८९ लाख ८३ हजार रुपैयाँ बराबरको सूर्यमुखी तेल र ९ अर्ब ७८ करोड १० लाख १८ हजार रुपैयाँ बराबरको कार्पेट तथा टेक्सटाइल निर्यात भएको छ।

समीक्षा अवधिमा सोयाबिन तेल र सूर्यमुखी तेलसँग सम्बन्धित कच्चापदार्थको आयात र निर्यातले विशेषगरी निर्यातको परिमाणलाई अधिक वृद्धि गरेको देखाएको विभागको तथ्यांकले देखाएको छ ।

null