शीर्षकहरू

‘इन्टेलेक्चुअल प्रोपटी राइट’ म्यागजिन सार्वजनिक

बौद्धिक सम्पति माथिको अधिकारलाई ऐन मार्फत सुनिश्चित गरिने : मन्त्री पाण्डे

‘इन्टेलेक्चुअल प्रोपटी राइट’ म्यागजिन सार्वजनिक

काठमाडौं। मिडिया आई र बौद्धिक सम्पति संरक्षण समाज नेपालले ‘इन्टेलेक्चुअल प्रोपटी राइट’ म्यागजिन सार्वजनिक गरेको छ । शुक्रबार सँस्कृति, पर्यटन, तथा नागरिक उडड्यन मन्त्रालयमा एक कार्यक्रम आयोजना गरी म्यागजिन सार्वजनिक गरिएको हो । 

म्यागजिन सार्वजनिक गर्दै सँस्कृति, पर्यटन, तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले नेपालमा बौद्धिक सम्पति माथिको अधिकार हाम्रो कानुनले सुनिश्चित नगरिदिएका कारण कतिपय मानिसले पिडा भोग्नु परेको बताए । ‘कानुन नहुँदा कतिपय सर्जक पीडामा हुनुहुन्छ होला । हामी यस विषयमा जानकार छौ । यसलाई हामीले सम्बोधन गर्नेछौ । कानुन बनाएर कार्यान्वयन गर्न सरकार दृढ रुपमा प्रस्तुत हुनेछ,’ उनले भने ‘यो काम हामीले भर्खर भर्खर अगाडि बढाउँदै छौ । यसलाई हामी छिट्टै व्यवस्थित गर्नेछौ । हामी माथि विश्वास राख्नुहोस्।’

मिडिया आई र समाजको सहकार्यमा प्रकाशित म्यागजिनले बौद्धिक सम्पातिको अधिकारका विषयमा काम गर्नका निश्चित दिशा प्रदान गर्ने मन्त्री पाण्डेले बताए । ‘बौद्धिक संरक्षणको पाटोमा सरकार केही रुमलिएको अवस्थामा यस्तो खालको प्रयत्नले स्पष्ट दिशा प्रदान गर्नेछ,’ उनले भने । यस्तै, मन्त्री पाण्डेले सँस्कृति नीति मन्त्रिपरिषदमा पुगेको बताए । यो नीतिले पनि यो विषयलाई समेटेको छ । हामी अझै कतिपय कानुन निर्माणको क्रममा छ । अब बन्ने कानुनमा यो विषयलाई महत्वका साथ समेटने मन्त्री पाण्डेले बताए ।

बौद्धिक सम्पति माथिको अधिकारको विषयमा थुप्रै समस्या हामीले सुनेका छौ ।  मन्त्री पाण्डेले भने ‘एक जना लेखकले गुनासो गर्नु भएको थियो । मैले लेखेको पुस्तक प्रकाशन भयो । पुस्तक प्रकाशन भएको केही समय प्रकाशकहरू केही समय सम्पर्क रहनु भयो त्यसपछि सम्पर्क विहीन हुनुभयो । पुस्तकको अडियो र भिडियो कपी पनि छ । तर, प्रकाशक मेरो सम्पर्कमा छैनन ।’ यस्ता विषय समस्याका रुपमा आउने गरेका मन्त्री पाण्डेले बताए । 

बहुआयामिक प्रकृतिका बौद्धिक सम्पति हामीसँग छन् । साहित्य, संगीत, कृषि, उत्पादन र टे«ड मार्क, विभिन्न डिजाइन पनि बौद्धिक सम्पति हुन् । यस्तै, इलामको चिया, भक्तपुरको जुजु धौ, जुम्लाको मार्सी, हुम्लाको सिमी, थकाली खाना, मम पनि हाम्रो सृजना हो । यो पनि हाम्रै बौद्धिक सम्पति हो । यस्ता सम्पति माथि हक स्थापित गर्नु आवश्यक रहेको उनले बताए । हामीले लगाउने, खाने, बोल्ने भाषामा सम्पति हक स्थापित गर्नुपर्छ । अन्तराष्ट्रिय बजारमा हाम्रो सम्पतिको रुपमा चिनाउनु पर्नेमा मन्त्री पाण्डेले जोड दिए ।

यस्तै कार्यक्रममा बोल्दै बौद्धिक सम्पति संरक्षण समाजको केन्द्रीय सदस्य एवम् अधिवक्ता सज्जन थापा बौद्धिक सम्पति अधिकार ऐन धेरै पुरानो भएको बताए । समय अनुसार यसलाई सरकारले परिमार्जन गर्नुपर्ने उनले बताए । ‘बौद्धिक सम्पति अन्तराष्ट्रियकरण भएको छ । यस्तो अवस्थामा सम्पति जहाँ पुगे पनि त्यसमाथिको सर्जकको अधिकार सुनिश्चित हुने अवस्था सरकारले सृजना गर्नुपर्छ,’ उनले भने । 

यस्तै, मिडिया आईका अध्यक्ष इन्द्र बानियाँले बौद्धिक सम्पति माथिको अधिकारको विषयमा महत्वपूर्ण भए पनि यस विषयमा खासै चर्चा नहुने गरेको बताए । ‘प्रविधिको कारण पनि बौद्धिक सम्पति चोरी हुने घटना बढी रहेको छ । तर, यस विषयमा कतै छलफल नै हुँदैन । त्यसैले यो वर्ष मिडिया आईले बौद्धिक सम्पति माथिको अधिकारका विषयमा छलफल सुरु गर्न यसै विषयमा म्यागजिन प्रकाशन गरेको हो,’ उनले भने । 

मिडिया आईले बौद्धिक सम्पति माथिको अधिकारको विषयमा फिल्ड रिपोर्टिङ सहित विषय विज्ञका लेख पनि म्यागजिनमा प्रकाशन गरेको उनले बताए । ‘म्यागजिनले सम्बन्धित निकायलाई यस विषयमा सोच्नका लागि झकझकाउने छ,’ उनले भने । 

बौद्धिक सम्पति संरक्षण समाज नेपालका अध्यक्ष विसु कुमार केसीले बौद्धिक सम्पतिको क्षेत्र अन्यौल रहेको बताए । ‘मानिसहरूलाई यस विषयमा जानकारी दिनको लागि एउटा लेटेचरको आवश्यकता हामीले महसुस ग¥र्यो । बौद्धिक सम्पति विषयमा जानकार व्यक्तिहरुलाई आग्रह गरेर लेख माग्यौ । यसमा हामीलाई मिडिया आईले पनि सहयोग ग¥यो र आज हामीले यो म्यागजिन सार्वजनिक गर्न सफल भयौ,’ उनले भने । म्यागजिन प्रकाशन गर्नमा सहयोग गर्ने व्यक्ति र संघ संस्थालाई अध्यक्ष केसीले धन्यवाद दिए ।