काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलको सम्पत्ति करोडौँ रुपैयाँ रहेको छ । गभर्नर पौडेलले सार्वजनिक गरेको सम्पनत्ति विवरण अनुसार उनको विभिन्न ७ कम्पनीमा शेयर, दुई स्थानमा जग्गा, एउटा कार र सुन र विभिन्न बैंकमा नगद मौज्दात रहको उल्लेख छ ।
जस अन्तर्गत सानिमा बैंक सहित विभिन्न ७ कम्पनीमा १४ करोड ६ लाख ६७ हजार रुपैयाँ बराबरको १५ लाख ३६ हजार ५८९ कित्ता शेयर रहेको छ । विवरण अनुसार सानिमा बैंकका २ करोड ४४ लाख १७ हजार ६०० रुपैयाँ बराबरको २ लाख ४४ हजार १७६ कित्ता शंस्थापक शेयर रहेको छ ।
यसैगरी, सानिमा माइ हाइड्रोपावरमा ९२ लाख ५७ हजार ९०० रुपैयाँ बराबरको ९२ हजार ५७९ कित्ता साधारण शेयर रहेको छ भने सानिमा मिडल तमोर हाइड्रोपावरमा १ करोड ८८ लाख रुपैयाँ बराबरको १ लाख ८८ हजार कित्ता शंस्थापक शेयर, ग्लोबेको प्रालिमा ९३ लाख ४१ हजार ७०० रुपैयाँ बराबरको १ लाख ८६ हजार ८३४ कित्ता शंस्थापक शेयर, संयुक्त उर्जा हाइड्रोपावर चितवनमा ५ करोड रुपैयाँको ५ लाख कित्ता शंस्थापक शेयर रहेको विवरणमा उल्लेख छ । यसका साथै ग्लोबेको प्रालिमा उनको श्रीमती प्रतिभा शर्माको नाममा ३७ लाख ५० हजार रुपैयाँ बराबरको ७५ हजार कित्ता शेयर रहेको छ ।
विवरण अनुसार पौडेल पत्नी शोभा शर्माको नाममा ललितपुरको सैंबुमा २ हजार ७९२ वर्गफिट र नवलपरासीको गैंडाकोटमा २ हजा ५०० वर्गफिट जग्गा रहेको छ । त्यस्तै, ४५ तोला सुनका गहना र करिब १५ लाख रुपैयाँ बराबरको हिराका गहना पनि रहेको जनाइएको छ ।
कुन बैंकमा कति नगद मौज्दात ?
सानिमा बैंकमा १३ लाख २३ हजार १९२ रुपैयाँ नगद मौज्दात रहेको छ भने नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमा २ लाख ५९ हजार २४४ रुपैयाँ, सानिमा बैंकमा नै ६६.७६ अमेरिकि डलर, सानिमा बैंकमा शोभा शर्माको नाममा १२ हजार ५४७ रुपैयाँ रहेको छ भने सोही बैंकमा शर्माको नाममा ४ हजार ४४६.५७ अमेरिकी डलर र प्रभु बैंकमा ४ लाख ७३ हजर ८२२ रुपैयाँ नगद मौज्दात रहेको विवरणमा उल्लेख छ ।
आर्थिकन्यूज