शीर्षकहरू

सुरुङ मार्गमा मोबाइल सेवा दिन लीकी फिडर केवल जडान गर्दै नेपाल टेलिकम

सुरुङ मार्गमा मोबाइल सेवा दिन लीकी फिडर केवल जडान गर्दै नेपाल टेलिकम

काठमाडौं । नेपाल टेलिकम कम्पनीले नागढुङ्गा–सिस्नेखोला सुरुङ मार्गमा मोबाइल नेटवर्कको सेवा सञ्चालन गर्ने तयारी गरेको छ । सुरुङ मार्गमा नेटवर्क सेवा सञ्चालनका लागि कम्पनीले सडक विभागसँग गत असार एक गते सम्झौता गरेको कम्पनीका प्रवक्ता रविन्द्र मानन्धरले बताए । 

मोबाइल सेवा अत्यावश्यक हो । सुरुङ मार्ग भित्र हुन सक्ने सम्भावित दुर्घटनाको समयमा पनि नागरिकलाई नेटवर्कको सेवा दिन राख्नु कम्पनीको दायित्व पनि हो । त्यसैले टेलिकमले आफ्नै लागतमा टेलिकम नेटवर्कको प्रविधिको जडान गर्ने उनले बताए । 

कम्पनीले सुरुङ मार्गमा टुजी र फोरजी नेटवर्क सेवा दिने तयारी गरेको प्रवक्ता मानन्धरले बताए । ‘टुजीले मोबाइल नेटवर्कको सुविधा दिने छ भने फोरजीले डाटाको सुविधा दिनेछ,’ उनले भने । यसका लागि कम्पनीले सुरुङ भित्र विशेष खालको एन्टेना राख्नेछ । सुरुङ प्रवेश विन्दु र अन्तिम विन्दुमा विटिसी टावर राखिनेछ । 

सुरुङ भित्री भने ‘लिकी फिडर केवल’ राखिने छ । यो केवल सुरुङको दुवै तर्फको भित्तामा राखिनेछ । यो केवल रुपमा हुनेछ । तर, यसले सुरुङ भित्र टावरको काम गर्नेछ । यो प्रविधिको जडान पछि एनटिसीका सेवाग्राहीले सहज रुपमा एनटिसी मोबाइल र डेटाको प्रयोग गर्न पाउनेछन् । 

प्रविधि जडानका लागि कम्पनीले अन्तराष्ट्रिय टेण्डर आव्हानको तयारी गरेको प्रवक्ता मानन्धरले बताए । ‘आगामी एक हप्तामा यसको लागतको रकम पनि अनुमान गर्न सकिनेछ,’ उनले भने । कम्पनीले यस्तो खालको प्रविधि पहिलो पटक नेपालमा जडान गर्न लागेको हो । प्रविधिसँगै आगामी दिनमा अन्य खालका सुरुङ मार्गमा पनि जडान गर्न सहज हुने उनले बताए । 

नेपालमा पहिलो पटक बनेको नागढुङ्गा–सिस्नेखोला सुरुङ मार्ग २.६८८ किलोमिटर लम्बाई छ भने ३.५ मिटर चौडाई छ । आगामी पुसमा यो सञ्चालनमा आउने भनिएको छ । सुरुङ सञ्चालनमा आउने समयसम्ममा कम्पनीले पनि लीकी फिडिर केवल जडान गरिसक्ने कम्पनीले जनाएको छ । 

लीकी फिडर केबल भनेको एक विशेष प्रकारको केबल हो, जुन रेडियो सिग्नलको प्रसारण र प्राप्ति गर्ने उद्देश्यले प्रयोग गरिन्छ । यसको मुख्य विशेषता भनेको यो केबलबाट सिग्नलहरू लीक (बाहिर निस्कने) हुने हो । यो केबल सामान्यतया टेलिकम्युनिकेसन, रडार, र रेडियो कनेक्शनहरूको लागि प्रयोग गरिन्छ ।

यसका तारहरूमा सिग्नल लीक हुन्छ । जसले गर्दा सिग्नललाई इन्फ्रास्ट्रक्चरका विभिन्न ठाउँहरूमा पहुँच पुर्याउन मद्दत गर्दछ । यसका तारहरू सामान्यतया छेडिएका हुन्छन् । जसले सिग्नललाई बाहिर निकाली सिग्नल कभर गर्न सक्छ ।

यो केबल एन्टेना जस्तो काम गर्छ । जसको प्रयोग विशेषगरी खन्याइएका स्थानमा (जस्तै सुरुङ, अन्डरग्राउन्ड खानीहरू, वा भवनहरूको भित्री भागमा) सिग्नल प्रसारण गर्न गरिन्छ । जहाँ सामान्य एन्टेना पहुँच गर्न सक्दैन, त्यहाँ लीकी फिडर केबल प्रभावकारी हुन्छ ।

सुरुङ र खानीहरू जस्तो ठाउँम रेडियो सिग्नलको पहुँच समस्या हुन्छ । त्यहाँ लीकी फिडर केबल स्थापना गरिन्छ । अन्डरग्राउन्ड नेटवर्किङः अन्डरग्राउन्ड सुरक्षाका लागि वा सुरुङको नेटवर्कमा सिग्नल पु¥याउन यो केबल प्रयोग हुन्छ । होटल, मल, र भवनहरूको भित्री कभरेजको लागि पनि यो प्रयोग गरिन्छ ।