शीर्षकहरू

'जीबीले ठुला राजनैतिक दललाई लगानी गरेका छन्, त्यसैले पक्राउ नपरेका हुन्’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टिका धर्म संस्कृति विभागका प्रमुख पुष्पराज पुरुषले गितेन्द्र बाबु (जीबी) राईले ठुला राजनैतिक दललाई संस्थागत लगानी गरेको बताएका छन् । आर्थिक न्यूजसँग विशेष कुरा गर्दै उनले जीबीले नेपाली कंग्रेस, नेकपा एमाले, माओवादी लगायतका ठूला दललाई संस्थागत लगानी गरेरको बताएका हुन् । 

पुष्पराजका अनुसार राईले आफू कारबाहीबाट बच्नका लागि ति ठुला दललाई लगानी गरेका हुन् । उनले पश्न गर्दै भने, 'राईले १६ अर्ब रुपैयाँ हिनाबिना गरेको आरोप लाग्यो, तर सबै सहकारीको जोडदा ९ अर्बकाे हारहारीको मुद्धा लाग्यो, बाँकी रकम कसको त ?’

राज्यले चाहने हो भने जीबी राईलाई कुनै पनि बेला पक्राउ गर्न सकिने दाबी उनको छ । 'राज्यले चाहेको खण्डमा जीबी राईलाई कुनैपनि बेला पक्राउन सकिन्छ,’ उनले थप, 'तर गर्दैनन्, किनकी सबै दललाई जीबीले लगानी गरेको छ ।’

पुष्पराजका अनुसार जीबीलाई बचाई राख्ने भनेर उनीबाट पैशा खाने पनि एउटा गिरोह रहेको छ, यसैगरी, जीबीलाई अप्ठ्यारो पार्दिन भनेर पैशा खाने पनि समूह छन्, उनीहरुले जीबीको सबै सम्पत्ति नसकेसम्म विभिन्न आशा देखाएर पैशा खाइरहन्छ । जब त्यो बाँकी रकम सकिन्छ तब जनताको पैशा भुक्तानी गर्ने बेलामा जीबीलाई पक्राउ गरेर जेल हाल्ने उनको दाबी छ ।

राई जहाँ भएटो हुँदै बेला बेला नेपाल आउने जाने गरिरहेको खुलासा समेत उनले गरे ।