शीर्षकहरू

बागमती प्रदेशमा खाद्य बालीको उत्पादन घट्दै, तरकारी र फलफूल उत्पादनमा मन्दी

बागमती प्रदेशमा खाद्य बालीको उत्पादन घट्दै, तरकारी र फलफूल उत्पादनमा मन्दी

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो ६ महिनामा बागमती प्रदेशमा खाद्य बालीले ढाकेको कुल क्षेत्रफल ५.३ प्रतिशतले घटेको छ । गत वर्ष यस्तो क्षेत्रफल ०.८ प्रतिशतले बढेको थियो । अर्कोतर्फ, समीक्षा अवधिमा धान बालीले ढाकेको क्षेत्रफल २.९ प्रतिशतले, गहुँ बालीले ढाकेको क्षेत्रफल ४.९ प्रतिशतले, कोदो बालीले ढाकेको क्षेत्रफल ५.१ प्रतिशतले, मकै बालीले ढाकेको क्षेत्रफल ६.६ प्रतिशतले, फापर बालीले ढाकेको क्षेत्रफल १६.१ प्रतिशतले र जौ बालीले ढाकेको क्षेत्रफल २५.६ प्रतिशतले घटेको छ । 

नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार चालु आवको पहिलो ६ महिनाको अवधिमा तरकारी बालीले ढाकेको क्षेत्रफल १३.७ प्रतिशतले घटेको छ । गत वर्षको सोही अवधिमा उक्त क्षेत्रफल ११.६ प्रतिशतले बढेको थियो । फलफूलले ढाकेको क्षेत्रफल २०.५ प्रतिशतले घटेको छ भने अर्कोतर्फ मसला बालीले ढाकेको क्षेत्रफल ४.९ प्रतिशतले बढेको छ । गत वर्षको सोही अवधिमा यस्ता बालीहरुले ढाकेको क्षेत्रफल क्रमशः २.७ प्रतिशत र ५.७ प्रतिशतले बढेको थियो ।

खाद्य बालीले ढाकेको क्षेत्रफलमा सिन्धुपाल्चोक जिल्लाको हिस्सा सबैभन्दा बढी (१३.८ प्रतिशत) र रसुवा जिल्लाको सबैभन्दा कम (१.३ प्रतिशत) रहेको छ । तरकारी बालीले ढाकेको क्षेत्रफलमा धादिङ जिल्लाको हिस्सा सबैभन्दा बढी (३०.२ प्रतिशत) र भक्तपुर जिल्लाको हिस्सा सबैभन्दा कम (३.४ प्रतिशत) रहेको छ । 

यसैगरी, फलफूल बालीले ढाकेको क्षेत्रफलमा सिन्धुली जिल्लाको हिस्सा सबैभन्दा बढी (४९.८ प्रतिशत) र भक्तपुर जिल्लाको हिस्सा सबैभन्दा कम (०.२ प्रतिशत) रहेको छ । मसला बालीले ढाकेको क्षेत्रफलमा सिन्धुली जिल्लाको हिस्सा सबैभन्दा बढी (२७.३ प्रतिशत) र काठमाडौं जिल्लाको हिस्सा सबैभन्दा कम (१.१ प्रतिशत) रहेको छ । कृषि उत्पादन समीक्षा अवधिमा यस प्रदेशमा खाद्य बालीको उत्पादन ४.३ प्रतिशतले घटेको छ भने गत वर्षको सोही अवधिमा यस्तो बालीको उत्पादन ०.६ प्रतिशतले घटेको थियो ।

समीक्षा अवधिमा फापर उत्पादन ४.४ प्रतिशतले बढेको छ । अर्कोतर्फ सोही अवधिमा धान उत्पादन १.१ प्रतिशतले, मकै उत्पादन ३.७ प्रतिशतले, कोदो उत्पादन ५.१ प्रतिशतले, गहुँ उत्पादन १५.५ प्रतिशतले र जौ उत्पादन ३६.० प्रतिशतले घटेको छ । गत वर्षको सोही अवधिमा धान उत्पादन ०.८ प्रतिशतले, कोदो उत्पादन ७.५ प्रतिशतले र जौ उत्पादन ११.३ प्रतिशतले बढेको थियो भने मकै उत्पादन १.७ प्रतिशतले, गहुँ उत्पादन ३.० प्रतिशतले र फापर उत्पादन १७.० प्रतिशतले घटेको थियो । 

तरकारीको उत्पादन २१.८ प्रतिशतले बढेको छ । गत वर्षको सोही अवधिमा तरकारी उत्पादन १.३ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा फलफूलको उत्पादन २२.० प्रतिशतले घटेको छ । फलफूलहरू मध्ये स्याउ उत्पादन १३.६ प्रतिशतले बढेको छ भने सुन्तला उत्पादन ३६.२ प्रतिशतले, आँप उत्पादन ४.७ प्रतिशतले, केरा उत्पादन ४.५ प्रतिशतले र अन्य फलफूल उत्पादन १५.४ प्रतिशतले घटेको छ । गत वर्षको सोही अवधिमा फलफूलको उत्पादन ३.२ प्रतिशतले बढेको थियो । उक्त अवधिमा सुन्तला उत्पादन १.४ प्रतिशतले, स्याउ उत्पादन १.३ प्रतिशतले, आँप उत्पादन ३७.८ प्रतिशतले र अन्य फलफूल ६.९ प्रतिशतले वृद्धि भएको थियो । केरा उत्पादन १०.० प्रतिशतले घटेको थियो । चालु आवको पहिलो ६ महिनामा मसला उत्पादन ६.० प्रतिशतले घटेको छ । गत वर्षको सोही अवधिमा मसला उत्पादन ४.८ प्रतिशतले बढेको थियो । 

खाद्य बालीको उत्पादनमा चितवन जिल्लाको हिस्सा सबैभन्दा बढी (१५.६ प्रतिशत) र रसुवा जिल्लाको हिस्सा सबैभन्दा कम (०.९ प्रतिशत) रहेको छ । तरकारी तथा बागवानी उत्पादनमा ललितपुर जिल्लाको हिस्सा सबैभन्दा बढी (२६.० प्रतिशत) र रामेछाप जिल्लाको हिस्सा सबैभन्दा कम (१.८ प्रतिशत) रहेको छ । यसैगरी, फलफूल बालीको उत्पादनमा सिन्धुली जिल्लाको हिस्सा सबैभन्दा बढी (३८.४ प्रतिशत) रहेको छ भने भक्तपुर जिल्लाको हिस्सा सबैभन्दा कम (०.४ प्रतिशत) रहेको छ । मसला बालीको उत्पादनमा सिन्धुली जिल्लाको हिस्सा सबैभन्दा बढी (४५.१ प्रतिशत) रहेको छ भने रामेछाप जिल्लाको हिस्सा सबैभन्दा कम (०.३ प्रतिशत) रहेको छ । 

दूध उत्पादन २.२ प्रतिशतले, मासु उत्पादन ३.१ प्रतिशतले र अण्डा उत्पादन ०.४ प्रतिशतले बढेको छ भने छाला उत्पादन ०.६ प्रतिशतले र ऊन उत्पादन ०.९ प्रतिशतले घटेको छ । गत वर्षको सोही अवधिमा दूध उत्पादन ३.३ प्रतिशतले, मासु उत्पादन २.४ प्रतिशतले, अण्डा उत्पादन २७.१ प्रतिशतले, ऊन उत्पादन ८.१ प्रतिशतले बढेको थियो भने छाला उत्पादन २.३ प्रतिशतले घटेको थियो । 

समीक्षा अवधिमा माछा उत्पादन ०.१ प्रतिशतले बढेको छ भने गत वर्षको सोही अवधिमा माछा उत्पादन ८.६ प्रतिशतले बढेको थियो । वन जन्य उत्पादनतर्पm औषधिजन्य उत्पादन ३६.७ प्रतिशतले बढेको छ भने काठ र दाउरा उत्पादन क्रमशः १७.१ र ७.१ प्रतिशतले घटेको छ । गत वर्षको सोही अवधिमा काठ उत्पादन ७८ प्रतिशतले वृद्धि भएको थियो भने दाउरा र औषधिजन्य वस्तुको उत्पादन क्रमशः ४५.१ प्रतिशत र ४२.१ प्रतिशतले कमी भएको थियो ।

काभ्रेपलाञ्चोक जिल्लामा सबैभन्दा बढी (७२.७ प्रतिशत) दूध उत्पादन भएको छ भने रसुवा जिल्लामा सबैभन्दा कम (०.१ प्रतिशत) दूध उत्पादन भएको छ । मासु उत्पादनमा चितवन जिल्लाको हिस्सा सबैभन्दा बढी (१७.५ प्रतिशत) र रसुवा जिल्लाको हिस्सा सबैभन्दा कम (१.० प्रतिशत) रहेको छ । अण्डा उत्पादनमा चितवन जिल्लाको हिस्सा सबैभन्दा बढी (३८.६ प्रतिशत) र रसुवा जिल्लाको हिस्सा सबैभन्दा कम (०.१ प्रतिशत) रहेको छ । यसैगरी, माछा उत्पादनमा चितवन जिल्लाको हिस्सा सबैभन्दा बढी (७८.४ प्रतिशत) र रसुवा जिल्लाको हिस्सा सबैभन्दा कम (०.१ प्रतिशत) रहेको छ ।