शीर्षकहरू

रिकन्डिसन अटो व्यवसायी संघले प्रत्येक सदस्यलाई ७५ लाखको बीमा गरिदिने

रिकन्डिसन अटो व्यवसायी संघले प्रत्येक सदस्यलाई ७५ लाखको बीमा गरिदिने

काठमाडौं । नेपाल रिकन्डिसन अटो व्यवसायी संघले आफ्ना प्रत्येक सदस्यहरूलाई ७५ लाख रुपैयाँ बराबरको बीमा गरिदिने भएको छ । रिकन्डिसन व्यवसायीहरूकाे छलफलमा संघको कार्यसमिति बैठकले निर्णय गरने गरी साे विषयकाे निर्णय गरेको हो ।

५० लाख रुपैयाँ बराबरको दुर्घटना बीमा, १० लाख बराबरको जटिल रोग उपचारको बीमा, १० लाख गम्भीर चोटको उपचारको र ५ लाख रुपैयाँको मेडिकल बीमा गर्ने निर्णय भएको संघका अध्यक्ष रमेश कोइरालाले जानकारी दिए । उक्त बीमाको बीमाशुल्क भुक्तानी कोषबाट खर्च गरिने पनि उनले स्पष्ट पारे ।

यसका साथै, होल बडी चेकअफको प्याकेज सञ्चालन गर्ने, एसईई परीक्षामा उत्तीर्ण भएका संघका सदस्याहरुका छोरा छोरीहरुलाई सम्मान गर्ने र उच्च शिक्षा पास भएकाहरुको पनि लगत संकलन गर्ने निर्णय भएको जनाइएको छ । 

सबै सदस्यहरुलाई संघको छानामुनि ऐक्यबद्ध रही रहन पनि संघले अपिल गरेको छ । उक्त बैठक संघकको अध्यक्ष रमेश कोइरालाको नेतृत्वमा बसेको थियो ।  

null