काठमाडौं । बन्दीपुर केबलकार एन्ड टुरिजमले आईपीओ जारी गर्ने अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले असार १९ गते बन्दीपुर केबलकारलाई आईपीओ जारी गर्न अनुमति दिएको हो।
कम्पनीले धितोपत्र बोर्डबाट १०० रुपैयाँ अंकित दरका ५८ करोड ६० लाख रुपैयाँ बराबरको कुल ५८ लाख ६० हजार कित्ता आइपीओ निष्कासन गर्न अनुमति पाएको हो । अब कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ५८ लाख ६० हजार कित्ता शेयर जारी गर्नेछ ।
कम्पनीले जारी पुँजीको २०.७१ प्रतिशतबराबरको आईपीओ निष्कासन गर्न लागेको हो । हाल कम्पनीमा संस्थापक समूहको २ अर्ब २४ करोड ४० लाख रुपैयाँ बराबरको शेयर स्वामित्व रहेको छ । जुन जारी पुँजीको ७९.२९ प्रतिशत हो।
आईपीओ बिक्रीपछि कम्पनीको चुक्तापुँजी २ अर्ब ८३ करोड रुपैयाँ पुग्नेछ। कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ रहेको छ।