काठमाडौं । नाडा अटो शो २०२५ का लागि स्टल एलोकेसन कार्यक्रम सम्पन्न भएको छ । उक्त शो आउँदो भदौ ३ देखि ८ गतसम्म भृकुटी मण्डपमा आयोजना हुँदैछ ।
जसमा विभिन्न ३३ वटा ब्राण्डहरु सहभागी हुने जनाइएको छ । चार पाङ्गेका १८ वटा ब्राण्ड, दुई पाङ्गेका ४ वटा ब्राण्ड, लाइट कमर्शियल भेहिकलमा १३ वटा गरी कुल ३३ ब्राण्ड सहभागी हुने नाडाले जनाएको छ । यसैगरी, ४० ब्राण्डका अटो कम्पोनेन्टहरू सहमागी हुने छन् ।
सहभागी ब्रान्डहरू
चार पाङग्रेः DEEPAL, AVATR, DONGFENG NAMMI, SERES, TATA, SUZUKI, TESLA, AION, XPENG, RIDDARA, SKY WELL, BYD, FOTON, BAW BRUMBY, JY AIR, BLAVAL, LS Auto, JINPENG.
दुई पाङग्रेः Hero, Royal Enfield, Zonson, Yamaha
लाइट कमर्शियल भेहिकलः NEW GONOW, DFSK, DONGFENG, KAMA, FOTON, SOKON, CG KYC/ KINGLONG, Montra, Skyworth, KAINIU, KAWEI/ NAVECO, SUNLONG
अटो कम्पोनेन्टहरूः Asian, GULF, Duckhams, ATS ELGI/ELGI, MAFRA, MAXSHINE, WAVEX/ Kuruma, Massimo Nepal, Michelin, Liqui Moly, STC RIDE/ ENERGY, CEAT Tyre, JK/ Good Tyre, Spicer, Vulcan, ITR/ATF/USB/HOBE, CYG, KPI & Kohinoor, Manatec, Electric Vehicle Charger, TATA Green, Total Energies, STUDDS/ SMK, Microbiz, Horizon fct, MAK, PLO आदि ।
यस संस्करणका विशेष आकर्षणहरूः
- Made in Nepal पेभिलियन
- विन्टेज कार पभिलियन
- अटो डायलग (नीति र प्रवृत्ति सम्बन्धी संवाद)
- इटेरी, क्याफे
- साथै, एक विशेष प्रदर्शन छिट्टै सार्वजनिक गरिनेछ
नडाका अनुसार यस संस्करणको टाइटल स्पोन्सर MAW Group of Companies रहनेछ, जसले एक नविन र गैर–प्रतिस्पर्धी उत्पादनमार्फत शोमा .सहभागी हुनेछ ।
नाडा अटो शो वि.सं. २०५५ देखि सुरु भएको हो । यस अवधिसम्म आई पुग्दा नेपाली अटो उद्योगको प्रमुख प्रदर्शनी बनेको नाडाको दाबी छ ।
आर्थिकन्यूज