शीर्षकहरू

नेपाल इन्स्योरेन्सले साउन ६ देखि हकप्रद बिक्री गर्ने

नेपाल इन्स्योरेन्सले साउन ६ देखि हकप्रद बिक्री गर्ने

काठमाडाैं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले साउन ६ गते देखि हकप्रद बिक्री खुला गर्ने भएको छ। कम्पनीले हाल कायम चुक्ता पुंजीको ३४.७८३ प्रतिशत हकप्रद निष्काशन गर्न लागेको हो।

कम्पनीले ६५ करोड ७६ लाख ९६ हजार ७ सय ७६ रुपियाँ  बराबरको ६५ लाख ७६ हजार ९ सय ६७ दशमलव ७६ कित्ता हकप्रद शेयर निष्काशन गर्ने छ। हकप्रदमा साउ साउन २६ गतेसम्म आवेदन दिन सकिने छ ।

कम्पनीले कप्रद निष्काशन प्रयोजनको लागि जेठ ३० गते बुक क्लोज गर्ने निर्णयले जेठ २९ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको हकप्रदमा आवेदन दिन सक्ने छन् । नेपाल धितोपत्र बोर्डले जेठ ७ गते कम्पनीलाई हकप्रद निष्काशनको अनुमति दिएको हो।

शेयर निष्काशनको लागि एनआईएम एस क्यापिटल बिक्री प्रबन्धक रहेको छ।