काठमाडौं । सन् २०१७ मे ७ मा रुपन्देहीको तिलोत्तमाबाट आफ्नो उत्पादन सुरुवात गर्दै खाद्य सामाग्रीको बजारमा प्रविष्ट भएको यशोदा फुड्सको उत्पादन ‘करेन्ट’ चाउचाउ अहिले नेपाली बजारमा प्रख्यात ‘नाम’ बनेको छ । देश भित्रकै सामाग्री र खाद्यान्न प्रयोग गरेर उत्पादन हुँदै आएको करेन्ट चाउचाउ नेपाली उपभोक्ताको पहिलो रोजाइमा परेको छ भने झण्डै २ दर्जन देशहरुमा निर्यात समेत हुँदै आएको कम्पनीले जनाएको छ ।
स्वदेशमै विदेशीस्तरको पिरो चाउचाउ उत्पादन सम्भव छ भन्दै उत्पादन थालेको केही वर्षमै ‘करेन्ट चाउचाउ’ नेपाली उपभोक्ताको पहिलो रोजाइमा परिसकेको कम्पनीको दाबी छ । किसानहरुलाई खुर्सानी उत्पादनका लागि प्रोत्साहन गर्नुका साथै उनीहरुको उत्पादनलाई बजार दिँदै करेन्टले देशका बिभिन्न ठाउँमा रोजगारी सिर्जना गरिरहेको छ । जसले देशका केहि ठाँउमा वैदेशिक रोजगारी भन्दा देशमै पसिना बगाउनु उचित हो भन्ने भावनालाई पनि उजागर गरिरहेको कम्पनीको भनाई छ ।
मकवानपुर जिल्लाबाट खुर्सानी खरिद गर्दै करेन्टले त्यहाँका किसानलाई बजार दिएको छ भने गुल्मी, अर्घाखाँची, पाल्पा र स्याङ्जाका केही किसान समुहलाई समेत लगानी प्रदान गर्दै खुर्सानी खेतीका लागि प्रोत्साहन पनि गरिरहेको छ । दाङ्ग देखि दुबई सम्म, मकवानपुर देखि मलेसिया सम्म र विश्वभर लोकप्रियहुँदै गएको करेन्टले रोजगारी र कृषिको दृष्टिकोणले मात्र नभएर स्वास्थको हिसाबले पनि अरु ब्राण्डको तुलनामा ध्यानदिँदै आएको कम्पनीको दाबी छ । कम्पनीले स्वस्थ र गुणस्तरीय होस् भनेर नै स्थानीय उत्पादनमात्र प्रयोग गर्ने गरेको जनाएको छ ।
पछिल्लो समयमा अन्तर्राष्ट्रिय बजारमा समेत उच्च माग आउन थालेको यशोदा फुड्सको दाबी छ । ९० प्रतिशत नेपाली कच्चा पदार्थ प्रयोगगरी अन्तर्राष्ट्रियस्तरको स्वादिलो चाउचाउ लगायतका विभिन्न स्न्याक्सहरु उत्पादन गर्दै आएको कम्पनीले स्वदेशका साथै अन्तराष्ट्रिय बजारमा समेत व्यापार विस्तार गर्दै लगेको छ । ‘करेन्ट चाउचाउ’ अहिले विभिन्न २२ मुलुकमा निर्यात हुँदै आएको छ ।
कम्पनीका अनुसार करेन्ट चाउचाउ भारत, अस्ट्रेलिया र अमेरिका लगायत झण्डै २ दर्जन मुलुकमा पनि निर्यात हुन थालेको छ । अहिले भारत, क्यानडा, सिंगापुर, बहराइन, अष्ट्रेलिया, कुवेत, दुबई÷युएई, जापान, संयुक्त अधिराज्य, इटाली, मलेसिया, कोरिया, भुटान, हङकङ, कतार, न्यूजील्याण्ड, केम्यान टापुहरू तथा पपुवा न्यू गिनीमा समेत निर्यात हुने गरेको कम्पनीले जनाएको छ । उत्पादक कम्पनी यशोदा फुड्सका अनुसार नेपालबाट करेन्ट चाउचाउ बार्षिक २० देखि ३५ लाख अमेरिकी डलर बराबरको निर्यात हुने गरेको छ ।
देशको खस्कँदो अर्थतन्त्रमा निर्यात मार्फत केही हदसम्म सुधार ल्याउँदै करेन्टले आफु जस्ता अन्य स्वदेशी उत्पादकहरुलाई पनि प्रोत्साहन गरिरेहको छ । करेन्टले देश भित्रै बिदेशी गुणस्तरको पिरो चाउचाउ उत्पादन गरे सँगै नेपाली बजारमा हुने पिरो चाउचाउको आयात पनि घटाउँदै लगेको दाबी गरेको छ ।
यशोदा फुड्सका अनुसार कम्पनीका उत्पादनहरु प्रयोगशाला परिक्षण गराई नेपाल सरकारले जारी गरेको खाद्य सुरक्षा मापदण्ड बमोजिम उत्पादन गरी बजारमा पठाई रहेको छ । यशोदा फुड्सले आफ्नो उत्पादनको गुणस्तरमा विशेष सजगता अपनाइ आएको जनाउँदै उद्योग स्वच्छ व्यापारीक प्रतिस्पर्धाबाट अगाडि बढ्न चाहेको र आम उपभोक्ताको भावनाप्रति सजग रहेको जनाएको छ ।
यशोदा फुड्सले आफ्नै देशमा नेपाली किसानहरुबाट उत्पादित अकवरे खुर्सानी, गुन्दु्रक, टिमुर, फापर, कोदो, नेपाली उद्योगबाट उत्पादित मैदालगायतका विभिन्न कृषि उपज प्रयोग गरी करेन्ट चाउचाउ लगायतका विभिन्न स्न्याक्सहरु उत्पादन गर्दै आएको छ ।
करेन्ट चाउचाउ उत्पादन गर्ने यशोदा फुड्सको वार्षिक व्यापार ६ अर्ब नजिक पुगेको छ । सन २०२३ को तुलनामा सन २०२४ मा कम्पनीको व्यापार १८.४५ प्रतिशतले बढेको छ । कम्पनीले सन् २०२४ मा ५ अर्ब ८६ करोड ९० लाख रुपैयाँको कारोबार गरेको थियो । अघिल्लो वर्ष यशोदा फुड्सको व्यापार ४ अर्ब ९५ करोड ५० लाख रुपैयाँ र सन् २०२२ मा ३ अर्ब ४३ करोड २० लाख रुपैयाँ रहेको रेटिङ एजेन्सी ‘केयर रेटिङ नेपाल’ लिमिटेडले जनाएको छ ।
रुपन्देहीमा उत्पादन प्लान्ट रहेको यशोदा फुड्ससँग चाउचाउ उत्पादन गर्न सक्ने क्षमता वार्षिक ४२ हजार टन छ । स्न्याक्स् सेग्मेन्टअन्तर्गत कम्पनीको क्षमता वार्षिक ४५०० टन पुयाइएको छ।
कम्पनीले किसानहरुलाई खुर्सानी उत्पादनका लागि प्रोत्साहन गर्नुका साथै उनीहरुको उत्पादनलाई बजार दिँदै देशका बिभिन्न ठाउँमा रोजगारी सिर्जना गरिरहेको छ । यसले झण्डै १७ हजारलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी दिएको कम्पनीको भनाई छ । उत्पादनको ७ वर्षमै पिरो चाउचाउ करेन्टले नेपाली र विदेशी बजारको ठूलो हिस्सा ओगटेको छ ।
नेपालमै उत्पादित खुर्सानीको प्रयोगबाट स्वस्थ्य चाउचाउ बजार सम्म पुर्याउँदै आएको करेन्टको बढ्दो बजार मागले गर्दा भविष्यमा अझै बढी किसानहरु लाभान्वित हुने देखिएको छ । यसले गर्दा धेरै बर्ष देखि बाँझो बसेका खेतहरु पनि प्रयोग हुने र निर्यात मार्फत देशको आर्थिक स्थितिमा निकै सुधार आउँने देखिन्छ ।
आफ्नो उत्पादनको माग र लोकप्रिय बढ्दै गएपछि कम्पनीले थप कारखाना विस्तार गरेको छ । हाल बुटवल र कपिलवस्तुमा चन्द्रोटामा कम्पनीले कारखाना संचालनमा ल्याएको छ । कम्पनीले छिट्टै थप उत्पादन गर्ने र अन्तर्राष्ट्रिय बजार विस्तार गर्ने योजना बनाएको छ ।
रोजगारी, देशको आर्थिक विकास र खस्कदो कृषि क्षेत्रको पुनरुत्थानमा बिशेष प्रभाव पार्ने यस कम्पनीले गरीब सिमान्तकृत बालबालिकाहरुलाई छात्रवृत्ति लगायत अन्य थुप्रै राष्ट्रिय हितका कार्यहरु पनि गर्दै आएको छ ।
आर्थिकन्यूज