शीर्षकहरू

नेपालले मेन्स यु–१६ इस्ट जोन कप जित्यो

नेपालले मेन्स यु–१६ इस्ट जोन कप जित्यो

काठमाडौं । एसिसी मेन्स यु–१६ इस्ट जोन कपको फाइनल खेलमा नेपालले सिंगापुरलाई हराको छ । नेपालले टस हारेर बलिङ गर्दै ११३ रनमा सबैलाई आउट गराएको थियो । ११४ को लक्ष्य नेपालले ८ विकेट गुमाएर भेटाएको छ । 

घरेलु टोली मलेसियालाई हराउँदै नेपालले फाइनल पुगेको थियो । उता, सिंगापुरले भने सेमिफाइनलमा हङकङलाई पराजित गरेको थियो । नेपाल र सिंगापुर एकै समूहमा रहेका थिए । समूह चरणमा नेपालले सिंगापरलाई ६ विकेटले पराजित गरेको थियो ।

गत संस्करणको फाइनलमा मलेसियालाई २ सय २१ रनले हराउँदै नेपाल च्याम्पियन भएको थियो । यसपाली पनि उपाधि हासिल गर्नको लागि नेपाली टोली लागेका छन् ।