काठमाडौं । साउन १ गतेदेखि एमआरपी (अधिकतम विक्री मूल्य) नराख्ने पसललाई कारबाही गरिने भएको छ । बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आर्थिक वर्ष २०८२/८३ देखि प्रत्यक पसलले एमआरपी नराख्नेलाई कडा कारबाही गरिन विभागका महानिर्देशक कुमार प्रसाद दहालले बताए ।
उनले भने,‘ नेपालमा व्यापार गर्ने व्यापारीहरुलाई पनि सहज हुने र उपभोक्तालाई पनि सहज हुने गरि अधिकतम मूल्य कति हो भनेर प्रत्येक पसलले राख्न पर्छ भन्ने कानुनमा नै छ तर, लागू गरिएको छै्रन् ।’त्यस्तैले अब आउदो साउन १ गतेदेखि देशैभरीका प्रत्यक पसलले एमआरपी अनिवार्य रुपमा देखिने स्थानमा राख्न पर्ने भनेर विभागले सूचना जारी गरेर जानकारी गराउने महानिर्देशक दाहालले आर्थिकन्यूज डटकमलाई जानकारी दिए ।
नेपालमा मात्र यस्तो होला कि टोलै पिच्छे मूल्य फरक हुने नेपालका हरके टोलमा मूल्य फरक फरक देखिएको विभागले जनाएको छ । यहा सुनदेखि नुनसम्मका पसलले कति मूल्य हो भनेर उपभोक्तले थाहा पाउने स्थानमा राख्न पर्ने हो तर, हालसम्म कुनै पनि पसलले मूल्य सूची सार्वजनिक गदैनन् ।
आर्थिकन्यूज