शीर्षकहरू

हिमालयन बैंकले डेढ अर्बको एफपीओ बिक्री गर्ने, प्रतिकित्ता १५७ रुपैयाँ

हिमालयन बैंकले डेढ अर्बको एफपीओ बिक्री गर्ने, प्रतिकित्ता १५७ रुपैयाँ

काठमाडौं । हिमालयन बैंक लिमिटेडले एफपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।

बैंकले प्रतिकित्ता १५७ रुपैयाँका दरले ९२ लाख ५० हजार ४६९ कित्ता शेयर बिक्री गर्न अनुमति पाएको हो ।असार २२ गते आइतबार बजार बन्द हुँदा बैंकको शेयर मूल्य प्रतिकित्ता २२३ रुपैयाँ छ ।

बैंकले संस्थापक र सर्वसाधारण शेयरधनीको शेयर अनुपात ७०ः ३० कायम गर्न एफपीओ जारी गर्न लागेको हो ।

बैंकले १ अर्ब ४५ करोड २३ लाख रुपैयाँ बराबरको एफपीओ जारी गर्नेछ ।यसमा बिक्री प्रबन्धकको काम सिटिजन्स क्यापिटल लिमिटेडले गर्नेछ ।

null