शीर्षकहरू

प्रोटोन इमासको नयाँ शोरुम थापाथलीमा  खुल्यो

प्रोटोन इमासको नयाँ शोरुम थापाथलीमा  खुल्यो

काठमाडौं ।  शंकर ग्रुपको जगदम्बा मोटर्सले ‘प्रोटोन इमास’को नयाँ शोरुम थापाथलीमा उद्घाटन गरेको छ । शोरुमको उद्घाटन प्रोटोन इमासका ग्राहक तथा संगीत निर्माता ब्रिजेश श्रेष्ठ, जगदम्बा मोटर्सका कार्यकारी निर्देशक अखिल गुप्ता, वरिष्ठ उपाध्यक्ष राजु भेटवाल र अभिनेत्री केकी अधिकारीले संयुक्त रूपमा उद्घाटन गरेका हुन् ।

कार्यक्रममा कार्यकारी निर्देशक गुप्ताले यो शोरुम कम्पनीको रणनीतिक विस्तार योजना अन्तर्गत रहेको बताएका छन् । उनले भने,  “हामीले आगामी वर्ष २५ वटा प्रोटोन इमास शोरुम खोल्ने योजना बनाएका छौं, सबै शोरुमहरू कम्पनीकै स्वामित्व र व्यवस्थापनमा रहनेछन् ।’’

कार्यक्रममा कम्पनीले सातवटा प्रोटोन इमास सवारीसाधन नयाँ ग्राहकहरूलाई हस्तान्तरण गरेको थियो । ब्रान्डकी नयाँ ग्राहक अभिनेत्री केकी अधिकारीले गाडीप्रति उत्साह व्यक्त गर्दै भनिन्, “म यो गाडी चलाउने वित्तिकै प्रभावित भए ।”