वीरगञ्ज । जनस्वास्थ्य कार्यालय पर्साका संयोजक जयमोद ठाकुरले कार्यालय समयमै मादक पदार्थ सेवन गरी पत्रकारहरुसंग दुव्र्यवहार गरेका छन ।डिउटीको समयमा रक्सीसेवन गरी पत्रकारलाई तथानाम गर्नुका साथै दुव्र्यवहार गरेको चर्को आलोचना र बिरोध भएपछि उनी कुलेलम ठोकेका थिए । चलचित्र पत्रकार संघको कार्यक्रम कभरेजका लागि क्लासिक बन्क्वेट पुगेका पत्रकारहरूलाई ठाकुरले गालीगलौज गर्दै अपमानित गरेपछि वातावरण तनावपूर्ण बनेको थियो ।
जिल्ला स्वास्थ्य कार्यालय पर्साले आयोजना गरेको अभिमुखीकरण तालिममा सहभागी भएर स्वास्थ्यसम्बन्धी जिम्मेवारी वहन गर्दै गरेका ठाकुरले मादक पदार्थ सेवनको अवस्थामा तालिममा भाग लिएर नैतिक पतनको पराकाष्ठा देखाएको आरोप लागेको छ ।
घटनास्थल क्लासिक बन्क्वेटमै चलचित्र पत्रकार संघले एउटा चलचित्रको पोस्टर विमोचन कार्यक्रम राखेको थियो । उक्त कार्यक्रममा सहभागी पत्रकारहरूलाई ठाकुरले बाहिर निस्किएर अपशब्द प्रयोग गर्दै दुव्र्यवहार गरेपछि उनीप्रति आक्रोश चुलिएको हो । पत्रकारहरूका अनुसार, जब उनीहरूबाट मादक पदार्थ सेवनको विषयमा प्रश्न उठाइयो, ठाकुर कार्यक्रमस्थलबाट भागेका थिए ।
मधेस प्रदेश मातहदका सरकारी कर्मचारी, त्यो पनि स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा कार्यरत व्यक्तिले यस्तो गैरजिम्मेवार र आपत्तिजनक व्यवहार देखाउनुले मुख्यमन्त्री सतिश कुमार सिहले चलाएका सुशासनको अभियानलाई ठुलो चुनौती थपेको छ ।ठाकुरले सार्वजनिक स्थलमा पत्रकार माथि देखाएको दरुवइ व्यवहारले मधेस प्रदेश सरकारको स्थास्थय मन्त्रालय अन्र्तगतको सेवा प्रणाली माझ ठुल्लो प्रश्न खडा गरेको छ ? जसले गर्दा आम नागरिकहरूलाई झनै निराश बनाएको छ ।
कार्यालय समयमै मदिरा सेवन गरेर तालिममा उपस्थित हुनु र पत्रकारलाई तथानाम गर्नु निन्दनीय मात्र नभइ , सार्वजनिक पदको दुरुपयोग समेत हो भन्ने आवाज सामाजिक सञ्जाल र मिडिया माध्यमबाट उठेको छ ।
पत्रकारहरूले ठाकुरलाई तुरुन्त नियन्त्रणमा लिई मादक पदार्थ सेवन परीक्षण (मापसे चेक) गर्नुपर्ने माग गरेका छन् । उनीहरूका अनुसार, यस्ता घटनामा सरोकारवाला निकाय मौन बस्न मिल्दैन । माफगर्ने र लुकाउने प्रवृत्तिले सार्वजनिक सेवा प्रणालीप्रति जनताको भरोसा झनै घट्नेछ ।
स्वास्थ्य विषयमा अभिमुखीकरण गर्न बसेका व्यक्तिहरूमध्ये कोही आफैं अनुशासनहीन, गैरजिम्मेवार र मदिरामा लिप्त देखिनु गम्भीर चिन्ताको विषय भएको र त्यसविरुद्ध अविलम्ब प्रशासनिक कदम चालिनुपर्ने मागं पत्रकारहरूले गरेका छन । घटनापछि जयमोद ठाकुरले कार्यक्रमस्थल छोडेपछि उपस्थित केही स्वास्थ्यकर्मीहरूबाट पनि पत्रकार माथि जाइलागेका थिए ।जसले घटनालाई झनै संवेदनशील बनाएको छ ।
घटनापछि प्रमुख जिल्ला अधिकारी र पर्साका प्रहरी उपरीक्षकलाई जानकारी गराइएको पत्रकारहरूले बताएका छन्। प्रशासनले साँझसम्ममा जयमोद ठाकुरलाई नियन्त्रणमा लिएर आवश्यक मापसे परीक्षण गरी कारबाही प्रक्रिया अघि बढाउने आश्वासन दिएको छ ।
सरकारी जिम्मेवारी बोकेको व्यक्तिबाट यस्ता आपत्तिजनक र गैरजिम्मेवार व्यवहार हुनु गम्भीर मुद्दा हो । सार्वजनिक सेवा र पदीय नैतिकता माथिको यसप्रकारको आघातलाई हल्का रूपमा लिने हो भने यस्तो प्रवृत्तिमा थप वृद्धि हुन सक्छ । जनस्वास्थ्य निरीक्षकको रूपमा सेवा दिइरहेका जयमोद ठाकुरप्रति अब निष्पक्ष छानबिन, मापसे परीक्षण र कानुनी प्रक्रिया अघि बढाइनु अपरिहार्य भएको छ।
अनिल तिवारी