शीर्षकहरू

एसीसी यू-१६ इस्ट जोन कपको उपाधि जितेको नेपाली टोली स्वदेश फिर्ता

एसीसी यू-१६ इस्ट जोन कपको उपाधि जितेको नेपाली टोली स्वदेश फिर्ता

काठमाडौं  । एसीसी यू–१६ पुरुष इस्ट जोन कपको उपाधि जितेको नेपाली टोली स्वदेश फर्किएको छ ।

आइतबार राती उनीहरु काठमाडौं आइपुगेका हुन् । उनीहरुलाई क्यानका सचिव पारस खड्का लगायतले विमानस्थलमा स्वागत गरेका थिए । 

सिंगापुरमाथि २ विकेटको जित निकाल्दै नेपाल च्याम्पियन बनेको थियो । नेपालले गत संस्करण भने मलेसियालाई हराउँदै उपाधि जितेको थियो। नेपालले उपाधिसँगै व्यक्तिगत अवार्डमा पनि क्लिन स्विप गरेको थियो। 

रौनक श्रीवास्तव प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडी उत्कृष्ट ब्याटर चुनिएका थिए।