काठमाडौं । इलेक्ट्रिक स्कुटर ब्रान्ड एथर एनर्जीले आफ्नो नयाँ स्कुटर एथर 'रिज्ता' नेपाली बजारमा सार्वजनिक गर्ने तयारी गरेको छ । नेपाल मोबिलिटी एक्स्पो २०२५ मा सार्वजनिक गरिने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार नेपालमा एथर ४५० सिरिजको सफलतापछि, एथर रिज्ता एक नयाँ युगको सुरुवात हो । यो स्मार्ट र शक्तिशाली स्कुटर जुन नेपाली परिवारका लागि विशेष रूपमा डिजाइन गरिएको छ । एथर रिज्ता एक स्मार्ट, फराकिलो र अत्यन्तै सुविधाजनक इलेक्ट्रिक स्कुटर हो, जुन दैनिक जीवनको हरेक मोडमा काम लाग्दछ ।
भारतमा यसको सुरुवाती वर्ष १ लाखभन्दा बढी युनिट बिक्री भइसकेको छ । वैद्य इनर्जीले सोही डिजाइन र प्रविधिलाई नेपालका सडक, संस्कृति र आवश्यकता अनुसार अनुकूलन गरी नेपाली उपभोक्ता माझ ल्याउँदैछ । रिज्ताको लामो सिट र ठूलो स्टोरेज नेपाली परिवार तथा शहर गाउँ बीचका यात्राका लागि उपयुक्त हुनेछन् । स्किड कन्ट्रोल, थिफ्ट अलर्ट जस्ता सुरक्षा सम्बन्धी विशेषताहरु ले नेपाली सडकमा थप आत्मविश्वास दिनेछ ।
रिज्ताको स्मार्ट कनेक्तिभिटी फिचरहरू जस्तै नेभिगेसन, राइड स्ट्याट्स, ओटीए अपडेट आदि अब नेपाली भाषा र स्थानीय नक्सासँग अनुकूल गरिनेछ । १५९ किमिको विस्तारित रेन्ज भएको दुई भेरिएन्ट काठमाडौं, पोखरा, भक्तपुरजस्ता सहरहरूबीचको यात्रालाई झन्झटरहित बनाउनेछ । साथै, एथरले ब्याट्री वारन्टी र सरल फाइनान्सिङ योजना मार्फत पेट्रोलबाट विद्युतीय सवारीमा रुपान्तरण गर्न चाहने नेपाली उपभोक्तालाई सहयोग पुऱ्याउनेछ ।
एथर रिज्तालाई विशेष बनाउने सुविधाहरू
उल्लेखनीय रेन्ज : एकपटक चार्ज गर्दा १५९ किमी सम्म यात्रा लामो यात्रा वा दैनिक उपयोग दुवैका लागि भरपर्दो ।
शक्तिशाली प्रदर्शन : ४.३ किलोवाट मोटर, छिटो एक्सेलेरेशन र विश्वसनीय टप स्पीड ।
परिवारमैत्री आराम : सेग्मेन्टकै सबैभन्दा लामो सिट यात्राको हरेक पल सहज ।
सुरक्षा केन्द्रित डिजाइन : स्किड कन्ट्रोल, डिस्क ब्रेक, मजबूत चेसिस ।
स्मार्ट कनेक्तिभिटी : ७ इन्चको टचस्क्रिन, गुगल म्याप्स, म्युजिक कन्ट्रोल, कल म्यानेजमेन्ट, इत्ब् अपडेट ।
ब्याट्री सुरक्षा : IP67 रेटेड ब्याट्री र ५ वर्षको वारन्टी ।
व्यावहारिकता ; ३४ लिटरको स्टोरेज सेग्मेन्टमै सबैभन्दा धेरै ।
सार्वजनिक प्रदर्शन र बूकिङ
एथर रिज्ता २०२५ अगस्ट ६ देखि १० गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने NAIMA नेपाल मोबिलिटी एक्स्पो २०२५ मा सार्वजनिक हुनेछ । बुकिङ चाँडै खुल्नेछ, र स्कुटर यसै वर्ष नेपालभर उपलब्ध हुने अपेक्षा गरिएको छ ।
एथर एनर्जीले नेपालमा तीव्र वृद्धि गरिरहेको छ । हालसम्म काठमाडौं, पोखरा, बुटवल र इटहरी मा ८ वटा एक्स्पेरियन्स सेन्टर, बौद्धमा १ टेस्ट राइड जोन, ६ वटा सर्भिस सेन्टर, र २१ वटा फास्ट चार्जिङ ग्रिड स्थापना भइसकेका छन् । एथर रिज्ता सबैभन्दा प्रतीक्षित उत्पादनमध्ये एक रहेको वैद्य इनर्जी प्रालिका प्रमुख कार्यकारी अधिकृत सूर्याश वैद्यले बताए ।
आर्थिकन्यूज