काठमाडौ. । यस साताको दोस्रो कारोबार कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ । पछिल्लो ६ कारोबार दिनदेखि बढिरहेको नेप्सेमा प्रोफिट बुकिङको दबाबले करेक्सन भएको हा । पछिल्लो ६ कारोबार दिनमा नेप्से परिसूचक ११०.५९ अंक बढेको थियो।
सोमबार नेप्से परिसूचक २२.३५ अंक घटेर २६८४.०१ विन्दुमा झरेको छ। नेप्सेसँगै यसदिन कारोबार रकम पनि घटेको छ । अघिल्लो कारोबार दिन अर्थात आइतबार साढे ९ अर्बको शेयर खरिदबिक्री भएको बजारमा सोमबार ८ अर्ब ३७ करोड ७३ लाख २७ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ ।
१३ उपसमूहमध्ये यस दिन २ उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ। यस दिन होटल तथा पर्यटन र म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्य बढेको हो। यस दिन वित्त उपसमूहको परिसूचक सर्वाधिक ३.७६ प्रतिशत घटेको छ। त्यस्तै, यस दिन जलविद्युत, उत्पादन तथा प्रशोधन र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।
यस दिन माथिल्लो मैलुङ्ग खोला जलविद्युत कम्पनीको शेयरमूल्य सर्वाधिक ६.५६ प्रतिशत बढेको छ । त्यसैगरी, यस दिन कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य ६ प्रतिशतभन्दा बढी बढेको छ भने भगवती हाइड्रोपावरको शेयरमूल्य ४ प्रतिशत बढेको छ। राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनको शेयरमूल्य यस दिन सर्वाधिक १० प्रतिशत घटेको छ ।
कारोबार रकमका आधारमा यस दिन नेपाल पुनर्बीमा कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ८० करोड ७० लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ । त्यस्तै, यस दिन गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको साढे ४१ करोडभन्दा बढीको शेयर किनबेच भएको छ भने एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको कारोबार रकम २४ करोड नाघेको छ।
आर्थिकन्यूज