शीर्षकहरू

रावा खोला हाईड्रोको आईपीओको बिक्री प्रबन्धकमा आरविवि मर्चेन्ट बैंकिङ

रावा खोला हाईड्रोको आईपीओको बिक्री प्रबन्धकमा आरविवि मर्चेन्ट बैंकिङ

काठमाडौं । खोटाङ्ग जिल्लामा निर्माणधीन ४ मेगावाट् क्षमताको लोवर मिड रावा खोला हाईड्रोपावर प्रोजेक्ट लिमिटेडले १० करोड रुपैयाँ बराबरको प्राथमिक शेयर जारी गर्ने भएको छ ।

कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँ दरका १० लाख कित्ता प्राथमिक शेयर निष्काशन गर्नको आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडलाई शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । 

सो सम्झौता-पत्रमा हाईड्रोपावर प्रोजेक्ट लिमिटेडको तर्फबाट कार्यकारी अध्यक्ष शम्भु प्रसाद घिमिरे र मर्चेन्ट बैंकिङ्ग लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्रि प्रसाद प्याकुरेलूले हस्ताक्षर गरे ।