शीर्षकहरू

‘कुलिङ पिरियड’ प्रकरण बारे संसदीय छानबिन समितिको संयोजकमा जीवन परियार

‘कुलिङ पिरियड’ प्रकरण बारे संसदीय छानबिन समितिको संयोजकमा जीवन परियार

काठमाडौं।  प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले ‘कुलिङ अफ पिरियड’ प्रकरणमा अन्ततः संसदीय छानबिन समिति गठन गरिएको जानकारी गराएका छन् ।

सोमवारको कार्यब्यवस्था समितिको बैठकले ७ सदस्सीय छानबिन समिति बनाए पछि त्यसको जानकारी गराएका हुन् । उनका अनुसार नेपाली कांग्रेसका सांसद जीवन परियारको संयोजकत्वको सो समिति गठन गरिएको हो ।

प्रतिनिधिसभा नियमावली, २०७५ को नियम ९८० बमोजिम ुसंघीय निजामती सेवा विधेयकको प्रतिवेदनमा भएको त्रुटि छानबिन विशेष समितिु गठन गरिएको हो । सो समितिले २१ दिनको समय सिमा पाएको छ ।

सो छानबिन समितिमा दलीय आधारमा नेपाली कांग्रेस र नेकपा एमालेबाट २-२ जना, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट १-१ जना सदस्य रहनेछन् ।

जसअनुसार नेपाली कांग्रेसवाट जीवन परियार र सुशिला थिंग, एमालेवाट सांसद नारायणप्रसाद आचार्य र ईश्वरी घर्ती र राप्रपावाट रोशन कार्की तथा माओवादीबाट माधव सापकोटा र रास्वपाबाट गणेश पराजुली रहेका छन्।  

संघीय निजामती सेवा बिधेयकमा सहमति बिपरित ‘कुलिङ अफ पिरियड’ हटाएर संसदमा प्रतिबेदन पेश गरेको भन्दै राज्य ब्यवस्था समितिका सभापति रामहरी खतिवडा र सचिव दुरा माथी छानबिन गर्न माग पछि सो समिति गठन गरिएको हो ।