काठमाडौं । पछिल्लो समय सरकारले अटोमोबाइल्सको आयात तथा मापदण्डको विषयमा दुई वटा नीति बनाएको छ । जसमध्ये एउटा लागु भएको छ भने अर्काे लागु गर्ने तयारी भएको छ । नेपाल सवारीसाधन प्रदूषण मापदण्ड २०८२ लागु भइसकेको छ भने सवारी आयात, उत्पादन तथा जडान सम्बन्धी निर्देशिका २०८२ को मस्यौदा तयार भएको छ ।
प्रदूषण मापदण्ड लागुभएसँगै अब यूरो ६ मापदण्डका गाडीहरु मात्रै नेपाल आयात हुन पाउने छन् । यसले गर्दा गाडीको मूल्य वृद्धि हुने र सरकारले हतारमा यो व्यवस्था गरेको विज्ञहरुको भनाई छ । यसैगरी, आयात, उत्पादन तथा जडान सम्बन्धी निर्देशिकमा एक वर्ष पुराना सवारी आयात गर्न नपाउने, १० वर्षका लागि स्पेयर पाटर्स उपलब्ध गराउनु पर्ने, सवारी बिग्रिएको तीन दिन भित्र मर्मत गरिदिनु पर्ने लगायतका विषयहरु राखिएको छ ।
यसैगरी, पछिल्ला वर्षहरुमा नेपालमा विद्युतीय सवारीको बढ्दो प्रयोग भइरहको अवस्थामा पूर्वाधार भने सोही अनुसार बन्न नसकेको गुनासो उपभोक्ताबाट आइरहेको छ । सरकारले यस विषयमा कस्तो नीति अवलम्बन गर्नु पर्दछ ? यूरो ६ मापदण्ड लागु भएपछि कस्तो प्रभाव पर्दछ र सवारी आयात, उत्पादन र जडान सम्बन्धी निर्देशिकाले अटो बजारमा कस्तो असर पर्दछ भन्ने विषयमा आर्थिक न्यूज डटकमले ग्रेटवाल ब्राण्डको गाडी आयात तथा बिक्री गर्ने भीजी ईम्पेक्स प्रालिका बजार प्रबन्धक पंकज यादवसँग कुरा गरेको छ । प्रस्तुत छ प्रबन्धक यादवले आर्थिक न्यूजसँग गरेका कुराकानीको सम्पादित अंशः
पछिल्लो समय अटो बजारको अवस्था
पछिल्ला वर्षहरुमा देशभर आर्थिक शिथिलता छाएको भनेर विज्ञहरुले भन्दै आएका छन् । सोही अनुसार अटो क्षेत्रमा पनि शिथिलता कायम नै रहेको छ । देख्दा गाडीहरु आयात भइरहेको देखिएपनि ति आयात भएका गाडी अहिलेनै बिक्री भएका छन् त ? भनेर हेर्नुपर्ने हुन्छ । आयात भएपनि सोही अनुसार भने बिक्री भएका छैनन् ।
विगतका वर्षहरुको तुलनामा अहिले अटोमोबाइल क्षेत्र श्लो नै रहेको छ । आजभन्दा १० वर्ष अघिको अवस्थासँग तुलना गर्नेहो भने त्यस समयमा भारतिय ब्राण्डहरुले लिड गरेको अवस्था थियो । अहिले चाइनिज ब्राण्डले लिड गरेको अवस्था छ । पछिल्ला वर्षहरुमा विद्युतीय सवारी (ईभी)को व्यापार बजार रामै सँगले वृद्धि भइरहेको अवस्था छ ।
ग्रेटवालले फ्याट्ट फुट्ट ईभी पनि बिक्री गर्ने गरेको छ । ग्रेटवालको मुख्य बिजनेस भनेको आईसीई भेहिकल नै हो । अटोमोबाइल क्षेत्र श्लो भएको अवस्थामा ग्रेटवालको व्यापार पनि सोही अनुसार श्लो नै छ ।
अहिले हामिले ग्रेटवालका ५ वटा फरक मोडलहरु बेचिरहेका छौँ । एउटा मोडल ईभी र अन्य ४ मोडलहरु भनेको पेट्रोल र डिजेलबाट नै हो । ईभीमा ओरा मोडल बेचिरहेका छौँ । जुन अन्तराष्ट्रिय बजारमा ख्यातिप्राप्त मोडल हो । एसयूभि सेग्मेन्टमा दुई वटा मोडल छन् । हेवल एस६ र हेवल जोलाईन मोडलहरु एसयूभि सेग्नेन्टमा रहेका छन् ।
पिकअपको दुई वटा मोडल रहेको छ । एउटा पोअर र विङ्गल ५ पिकअप गाडीहरु हामिले बिक्री गरिरहेका छौँ । आईसमा पपुललर मोडल भनेको हेवल नै हो । ईभीमा ओरा मात्रै बेचेका छौँ ।
ईभी खरिद गर्दा अन्तराष्ट्रि बजारमा त्यसको ख्यातिको बारेमा बुझ्नु पर्दछ
ईभी आफैमा एडभान्स टेक्नोलोजि हो । नेपालमा सारकारले सब्सिटिज दिएका कारणले मात्रै ईभी सस्तो देखिएको हो । उपभोक्ताले ईभी खरिद गर्दा त्यस ईभीको अन्तराष्ट्रि स्थरमा कस्तो प्रभाव छ, ख्याति के कस्तो छ भनेर बुझनु पर्ने हुन्छ ।
पूर्वाधार अभाव, सर्भिसिङ, स्पेयर पाटर्सको समस्या भएको गुनासो अहिले आएपिन त्यो बिस्तारै समाधान हुँदै जान्छ । सरकारले त्यस अनुसारको मापदण्ड बनाएपनि यी समस्याहरू समाधान हुन्छन् ।
ईभीको ब्याट्री रिप्लेसमा समस्या भएको भन्ने पनि छ । तर, नेपालको सन्दर्भमा भने हालसलै ब्याट्री चेन्ज गर्नुपर्ने अवस्था छैन, किनकी नेपालमा ईभी बुम भएको ३,४ वर्ष भयो । यो अवधिमा नै ब्याट्रिमा समस्या आइसकेको छैन । जससम्म नेपालमा चल्ने गाडीहरूको ब्याट्रि रिप्लेस गर्ने समय आउँछ त्यस बेलासम्ममा यसको समाधानका उपायहरु पनि विकास हुन्छन् भन्ने कुरामा हामी सकारात्मक हुनुपर्दछ ।
हाइब्रिडको लागि नेपलको भुगोल कस्तो छ ?
हाइब्रिड पनि खासगरी दुई प्रकारका हुन्छन् । एउटा एचईभी र बीएसईभी । यी दुबै हाइब्रिड प्रविधि नै हो । हाइब्रिडको टेक्नोलोजि महँगो हुन्छ । कुनै हाइब्रिड रेन्ज ईभिसेन्ट र कुनै हाइब्रिड पावर इफिसेन्ट हुन्छ । एचईभी पावर इफिसेन्ट हाइब्रिड हो भने बीएचईभी रेन्च इफिसेन्ट हाइब्रिड हो ।
नेपालको बजार र भौगोलिक अवस्थामा हाइब्रिड गाडी उपयुक्त हुन्छ । सरकारले हाइब्रिड गाडीलाई प्रोत्साहन गर्नुपर्ने थियो । तर, गरेको देखिन्दैन । आईस भेहिकल र हाइब्रिडको भन्सार कर लगायतको करहरु उस्तै उस्तै छ ।
सरकारले हाइब्रिडलाई प्रोत्साहन गरेमा ईभी र आईसबीचको ग्याप पुरा हुन्थ्यो । ईभी जसरी बुम भयो त्यो सरकारको सब्सिटिले नै हो । ईभीको बरारब नै गर्नु परेन । केहि हदसम्म मात्रै पनि हाइब्रिडको कर लगायतमा छुट दिनेहो भने उपभोक्ताले अहिलेको भन्दा कम मूल्यमा नै सो गाडी चढ्न पाउँथे । र नेपालमा हाइब्रिड राम्रो स्थापना हुन्थ्यो ।
अन्तराष्ट्रिय बजारमा हाइब्रिड र आईस समान क्षमताको भेहिकल तुलना गर्दा ३० प्रतिशत हाइब्रिडको मूल्य धेरै रहेको अवस्था छ ।
यूरो ६ लागु भएपछि कस्तो प्रभाव पर्दछ ?
यूरो ६ लागु भएपछि गाडीको मूल्य बढ्छ । भारतीय ब्राण्डहरु यूरो ६ मापदण्ड पुरा भएका छन् । त्यसभन्दा बाहिरबाट आएका गाडीहरुमा यो मापदण्ड पुरा नभएको हो ।
तर, अहिले नै नेपाल यूरो ६ का लागि तयार छ कि छैन भनेर सोच्ने विषय हो । अहिलेको अवस्थामा यूरो ५ नै नेपालको लागि उत्तम हुने थियो । यूरो ६ टेक्नोलोजिमा आएको गाडीलाई आफ्टर सेल्स, रिपेयर, मेन्टेनेन्स गर्न हामी सक्छौँ कि सक्दैनौँ ? यो मुख्य विषय हो ।
आर्थिकन्यूज