काठमाडौं । जर्मनीको फ्राङ्कफुर्टस्थित TuS Schwanheim Hall मा जर्मनीको पहिलो नेपाली टेबल टेनिस प्रतियोगिता ''Where Sports Meet Community'' भन्ने मूल नाराका साथ सम्पन्न भयो। यस विशेष कार्यक्रममा १०० भन्दा बढीको सहभागिता रहेको आयोजकले जनाएका छन् । जसमा ४० जना केटा र १० जना केटीहरू प्रतिस्पर्धात्मक खेलाडीका रूपमा सहभागी भएका थिए।

यो प्रतियोगिताको पहल सागर खरेल (हाल हानाउ निवासी, पेशाले डाक्टर)ले गरेका थिए। स्वास्थ्य क्षेत्रमा कार्यरत उनको उद्देश्य केवल प्रतियोगिता गराउनु मात्र नभएर युवाहरूमाझ स्वास्थ्य, प्रेरणा, एकता र समुदायको भावना जगाउनु पनि रहेको उनले बताए ।
उक्त प्रतियोगितामा केटातर्फ प्रथम स्थान प्रशान्त पाण्डे, दोस्रो स्थान अशुतोष मिश्र र तेस्रो स्थान मनीष कर्जी भएका थिए । त्यस्तै, केटीतर्फ प्रथम स्थान समिक्ष्या पोखरेल, दोस्रो स्थान प्रतिक्ष्या पोखरेल र तेस्रो स्थान तेरिशा बनेपाली भएकी थिइन ।
आर्थिकन्यूज