शीर्षकहरू

हिमालयन बैंकको एफपीओ असार ३२ देखि

हिमालयन बैंकको एफपीओ असार ३२ देखि

काठमाडौं । हिमालयन बैंक लिमिटेडले असार ३२ गतेदेखि एफपीओ निष्काशन गर्ने भएको छ । बैंकले प्रतिकित्ता १५७ रुपैयाँका दरले ९२ लाख ५० हजार ४६९ कित्ता शेयर निष्काशन गर्न लागेको हो ।

बैंकले संस्थापक र सर्वसाधारण शेयरधनीको शेयर अनुपात ७०ः३० कायम गर्न एफपीओ जारी गर्न लागेको हो । हाल बैंकको कुल चुक्ता पूँजी २१ अर्ब ६५ करोड ६६ लाख १५ हजार ६३१ रुपैयाँ रहेको छ। जसमध्ये ७२.९९ प्रतिशत हिस्सा संस्थापक समूहको र २७.०१ प्रतिशत हिस्सा सर्वसाधारणको रहेको छ। एफपीओ निष्काशन सँगै सर्वसाधारण समूहको हिस्सा ३० प्रतिशत पुग्नेछ । 

बैंकले १ अर्ब ४५ करोड २३ लाख रुपैयाँ बराबरको एफपीओ जारी गर्नेछ । यसमा बिक्री प्रबन्धकको काम सिटिजन्स क्यापिटल लिमिटेडले गर्नेछ ।