काठमाडौं । राप्ती हाईड्रो एण्ड जनरल कन्स्ट्रक्सनकाे हकप्रद शेयरका लागि आवेदन दिने आज असार २४ गते मंगलबार अन्तिम दिन रहेको छ । कम्पनीले १ः१ अनुपातमा १०० रुपैयाँ अंकित दरका ६१ लाख २७ हजार ९३८ कित्ता निष्कासन गरेकाे हकप्रद भर्ने आज अन्तिम दिन रहेकाे हाे ।
कम्पनीले हाल कायम चुक्ता पूँजी ६१ करोड २७ लाख ९३ हजार ८ सय रुपैयाँ बराबरको हकप्रद शेयर जारी गरेको हो । लगानीकर्ताले हकप्रद शेयर खरिदकालागि सीडीएससीको मेरो सेयरबाट अनलाइन आवेदन दिनुपर्नेछ ।
त्यसैगरी त्रिपुरेश्वरस्थित राप्ती हाईड्रो पावरको कर्पोरेट कार्यालय, मुक्तिनाथ क्यापिटल नक्साल, मुक्तिनाथ विकास बैंकका शाखा कार्यालयहरु, बिर्तामोड, विराटनगर,जनकपुर, नारायणगढ, पोखरा, नेपालगन्ज,सुर्खेत, धनगढी र महेन्द्रनगर कार्यालय र नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा कार्यालयहरुबाट पनि लगानीकर्ताले आवेदन दिन सकिने छ ।
कम्पनीको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।
आर्थिकन्यूज