काठमाडाैँ । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले संस्थापक संस्थापक समूहको शेयर लिलाम बढाबढ प्रक्रियाद्वारा बिक्री गर्न शिलबन्दी बोलपत्र आव्हान गरेको छ । कम्पनीले संस्थापक समूहतर्फको ५३ हजार कित्ता शेयर बिक्रीका लागि शिलबन्दी बोलपत्र आह्वान गरेको छ ।
उक्त शेयर प्रति कित्ता न्यूनतम् मूल्य ४३५ रुपैयाँ तोकिएको छ । इच्छुक लगानिकर्ताले आसार २४ गतेदेखि ३० गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्नुपर्ने छ । उक्त शेयरहरु खरीद गर्न साविक संस्थापकहरुलाई पहिलो प्राथमिकता दिइने पनि कम्पनीले उल्लेख गरेको छ । बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाडौँमा आइपुग्ने गरी प्रति कित्ता के कति दर रेटमा खरीद गर्ने हो तपसिलमा उल्लेखित शर्तहरुको अधिनमा रही गोप्य शिलबन्दी बोलपत्र आवेदन पेश गर्नुपर्ने छ ।
शर्तहरू:
१. बोलपत्र आवेदन फाराम बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाडौंबाट १०० रूपैयाँ नगद भुक्तानी गरी प्राप्त गर्न सकिनेछ । आवेदकले फाराम खरीद गर्दा एनआइएमबि एस क्यापिटल लिमिटेडबाट छाप लगाएको आवेदन फाराम खरीद गरी लिनुपर्नेछ । छाप नलगाएको वा फोटोकपी गरी पेश गरिएको आवेदन फारामलाई अयोग्य ठहराई बांडफाँडमा समावेश गरिनेछैन ।
२ शेयरको न्यूनतम मूल्य प्रति शेयर ४३५ रूपैयाँ तोकिएको हुँदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । एकै व्यक्ति वा कम्पनीले शेयर खरीदका लागि एउटा मात्र बोलपत्र मार्फत आवेदन दिनुपर्नेछ । साथै बोलपत्र फाराम लाहाछाप लगाई शिलबन्दी गरिएको हुनुपर्नेछ ।
३. बोलपत्र आवेदन फाराममा आफुले लिन चाहेको शेयर संख्या तथा आफूले कबोल गरेको प्रति कित्ता दर अंक र अक्षरमा स्पष्ट लेख्न पर्नेछ । अंक र अक्षरमा लेखेको फरक भएमा अक्षरले लेखेकोलाई मान्यता दिईनेछ । केरमेट भएको ठाउँमा दस्तखत गर्नुपर्नेछ । धेरै केरमेट भई कबोल गरेको शेयर संख्या, प्रति कित्ता शेयर मूल्य वा जम्मा रकम नबुझिने भएमा त्यस्तो बोलपत्रलाई मान्यता दिईने छैन । कबोल गर्ने दर दशमलव पछिको दुई अंक मात्र मान्य हुनेछ ।
४. बोलपत्रदाताले बोलपत्रमा आफ्नो नाम, ठेगाना, मोबाईल नम्बर, आफ्नो खाता रहेको बैंकको नाम र खाता नं. तथा आफ्नो हितग्राही खाता नं. (Demat Account No.) लगायत बोलपत्र आवेदन फाराममा उल्लेखित सम्पूर्ण विवरण स्पष्ट रुपमा अनिवार्य उल्लेख गर्नुपर्नेछ ।
५. संस्थापक शेयर खरीद गर्न ईच्छुक सम्पूर्ण बोलपत्रदाताले नेपाल राष्ट्र बैंकबाट संस्थापक शेयरधनीको लागि तोकिएको Fit & Proper Test (अनुसूची ३) को विवरण (फोटो सहित), कर्जा सूचना केन्द्र लिमिटेडबाट प्राप्त कालोसूचीमा समावेश नभएको प्रमाणित हुने कागजात बाडफाड हुने मिति सम्ममा तीन महिनाको अवधी कायम रहेको), आयश्रोत खुल्ने कागजातको प्रतिलिपि, पछिल्लो आ.व. को कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि, न्यूनत्तम स्नातक तहको शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि, आफ्नो नाममा वा आफ्नो नाममा रहेको व्यवसायको स्थायी लेखा नं. का साथै नागरिकता प्रमाणपत्रको प्रतिलिपि संलग्न गनुपर्नेछ ।
६. बोलपत्र पेश गर्दा न्यूनतम् १,००० कित्ता वा सो भन्दा बढीको लागि १० ले भाग जाने संख्यामा वा अधिकत्तम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ । रु.५ लाख भन्दा वढी रकमको आवेदन दिनेले अनिवार्य रुपमा आफ्नो स्थायी लेखा न. (PAN) आवेदन फाराममा उल्लेख गर्नु पर्नेछ ।
आर्थिकन्यूज