शीर्षकहरू

उत्पन्न भयावह परिस्थितिमा संयमित रहन नाडाको आग्रह

उत्पन्न भयावह परिस्थितिमा संयमित रहन नाडाको आग्रह

काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले रसुवा जिल्लामा आएको बाढी तथा पहिरोका कारण अटोमोबाइल आयात प्रणालीमा गहिरो असर पु¥याएको जनाएको छ । आज मंगलबार एक विज्ञप्ति जारी गर्दै नाडाले यस्तो जनाएको हो । 

उत्पन्न भयावह परिस्थितिले केवल मानवीय जनजीवन मात्र नभई मुलुकको प्रमुख व्यापारिक नाका—केरुङ ररसुवागढी—मार्फत हुने अटोमोबाइल आयात प्रणालीमा गहिरो असर पु¥याएको नाडाको बुझाई छ । नाडाका अनुसार यसले भन्सार परिसरमा रहेका निर्माणाधिन सुख्खा बन्दरगाह, पार्किङ्गमा रहेका कन्टेनरहरु समेत बगाएको छ ।

नाडाले यस कठिन घडीमा सम्पूर्ण पीडितहरूप्रति गहिरो समवेदना प्रकट गरेको छ । 'आफ्नो घर, व्यवसाय र जीवनयापन गुमाउनु परेको पीडा अवर्णनीय छ र हामी त्यसमा गहिरो सहानुभूति प्रकट गर्दछौं ।’ विज्ञप्तीमा उल्लेख छ । 

हरेक कठिन घडीहरुमा अटोमोवाइल क्षेत्रका सम्पूर्ण सदस्यहरूको साथमा रहदै आएको उल्लेख गर्दै नाडाले कुनै सहयोग चाहिएमा जानकारी गराउ अनुरोध गरेको छ । यो संकटको घडीमा सबै मिलेर सहयोग र करुणाका साथ अघि बढ्न पनि विज्ञप्ति मार्फत अनुरोध गरिएको छ ।