शीर्षकहरू

एशियन लाइफको हकप्रद खुल्यो

एशियन लाइफको हकप्रद खुल्यो

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीको हकप्रद आज असार २५ गते बुधबार देखि बिक्री खुला भएको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको ४२ प्रतिशत अर्थात् १ करोड ४२ लाख ७९ हजार ३१२.४८ कित्ता हकप्रद शेयर निष्काशन गरेको हो।

प्रतिशेयर मूल्य १०० रुपैयाँ रहने छ । हकप्रद प्रयोजनार्थ कम्पनीले जेठ १६ गते बुकक्लोज गरेको थियो। जेठ १५ गते सार्वजनिक विदा परेकाले जेठ १४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले सो हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन्। सो निष्काशनमा साउन १३ गतेसम्म आवेदन दिन सकिनेछ।

हाल कम्पनीको चुक्ता पूँजी ३ अर्ब ३९ करोड ९८ लाख ३६ हजार ३०७ रुपैयाँ रहेको छ। हकप्रद निष्काशन पश्चात १ अर्ब ४२करोड ७९ लाख ३१ हजार २४८ रुपैयाँ पूँजी थपिन्छ । अर्थात् चुक्ता पूँजी ४ अर्ब ८२ करोड ७७ लाख ६७ हजार ५५५ रुपैयाँ पुग्नेछ। यस अवस्थामा पनि नियामक निकायले तोकेअनुसार कम्पनीको पूँजी पुग्दैन । 

नियामक निकाय नेपाल बीमा प्राधिकरणले जीवन बीमा कम्पनीको हकमा ५ अर्ब चुक्ता पूँजी पुर्याउनु पर्ने बाध्यकारी व्यवस्था गरेको छ । यस व्यवस्थासँगै कम्पनीले हकप्रदबाट प्रयास गरेको हो ।