काठमाडौं । याडियाको स्कुटर किन्दा भारी छुट पाइने भएको छ । नेपालका लागि याडिया ब्राण्डको आधिकारीक आयातकर्ता तथा बिक्रेता कुजु नेपाल प्रालिले छुट अफर ल्याएको जनाएको छ ।
याडिया लगातार ८ वर्षसम्म विश्वको नम्बर १ इलेक्ट्रिक दुईपांग्रे ब्रान्ड बन्न सफल भएको उपलब्धिलाई स्मरणीय बनाउन छुट अफर ल्याइएको कम्पनीले जानकारी गराएको छ । उक्त अफर अन्तर्गत याडियाको ई८एस प्रो स्कुटर किन्दा ४५ हजार रुपैयाँ छुट पाइने छ । सो स्कुटरको मूल्य २ लाख ३० हजार रुपैयाँ रहेकोमा अबर १ लाख ८५ हजार रुपैयाँमा किन्न पाइने छ ।
यस अवसरमा प्रत्येक खरिदमा ग्राहकहरूलाई याडिया ब्राण्डको हेल्मेट, रेनकोट र पेन उपहार स्वरूप प्रदान गर्दैछ।“हामीले पाएको विश्वव्यापी सफलताको श्रेय हाम्रा विश्वासिलो ग्राहकहरूलाई जान्छ। यो अफर उनीहरूप्रतिको हाम्रो कृतज्ञता हो,” कुजु नेपालका प्रतिनिधिले बताए ।
स्मार्ट, शक्तिशाली र आकर्षक स्कुटर
ई८एस प्रो आजको स्मार्ट सवारी प्रयोगकर्ताहरूको लागि तयार पारिएको स्कुटर हो, जसमा शक्ति, प्रविधि र आरामको उत्कृष्ट संयोजन पाइन्छ।
आर्थिकन्यूज