काठमाडौं । नेपाल टेलिकमले मनसुन अफर सार्वजनिक गरेको छ । टेलिकमले असार २६ गतेदेखि लागु हुनेगरी मनसुन अफर ल्याएको हो ।
यस अफर अन्तर्गत विभिन्न सुविधा सहितका भ्वाइस, डाटा तथा एसएमएस प्याकेज उपलब्ध गराइने छ । विशेषगरी शारीरिक तथा मानसिक रुपमा फरक क्षमता भएका व्यक्तिहरुका लागि बोनस सहितका प्याकेजका साथै सजिलो अनलिमिटेड ६९९ र ७९९ प्याकेज ३०५ छुटमा समेत उपलब्ध गराइने टेलिकमले जनाएको छ ।
आफ्नो मोबाइलबाट *1415# डायल गरेर वा ‘नेपाल टेलिकम’एपको प्रयोग गरेर विभिन्न प्याकेजहरु सम्बन्धी जानकारी लिन तथा खरिद गर्न सकिने छ ।
यस अफर सम्बन्धमा विस्तृत जानकारी कम्पनीको वेबसाइट मार्फत प्राप्त गर्न सकिने छ ।
आर्थिकन्यूज