शीर्षकहरू

सावित्रा भण्डारीसहित १० खेलाडी सम्मानित

सावित्रा भण्डारीसहित १० खेलाडी सम्मानित

काठमाडौं ।  द इन्साइट भिजन सेकेन्डरी स्कुल र राजधानी क्याम्पसले एएफसी वुमेन्स एसियन कप छनोटमा उत्कृष्ट प्रदर्शन गरेकी सावित्रा भण्डारीसहित १० खेलाडीलाई बधबार नगद र छात्रवृत्तिसहित सम्मान गरेको छ ।

कप्तान सावित्रा, अनिता बस्नेत, रेखा पौडेल, सविता रानामगर, पूजा रानासहित राष्ट्रिय टिमकी पूर्वकप्तान अनु लामा, हीराकुमारी भुजेल, युवा खेलाडी सावित्री किसन, कुसुम खतिवडा र सुनकला राईलाई जनही १० हजार रुपैयाँ र समग्रमा १८ लाख बढीको छात्रवृत्तिसहित सम्मान गरेको हो । उनीहरूलाई काठमाडौं महानगरपालिका ४ का वडा अध्यक्ष दिनेश महर्जन, स्कुलका संस्थापक प्रधानाध्यापक भीमकुमार श्रेष्ठ, एन्फाका सह–महासचिव बद्री भट्टराईले सम्मानपत्र प्रदान गरे ।

वडाध्यक्ष महर्जनले महिला फुटबल टिमले थोरै लगानीमै देशको लागि उत्कृष्ट प्रदर्शन गरेको बताए । द इन्साइट भिजन स्कुलका संस्थापक प्रधानाध्यापक भीमकुमार श्रेष्ठले महिला फुटबलमा सम्भावना देखेरै उनीहरूलाई औपचारिक शिक्षामा अगाडि बढ्न सकोस् भनेर चार वर्षयता महिला फुटबलमा धेरैलाई छात्रवृत्ति दिएको जानकारी गराए । साम्बासहित १० जनाले पूर्ण छात्रवृत्रिमा बीबीएस अध्ययन गरिरहेका छन् । पुरुष राष्ट्रिय टिम तथा उमेर समूहका १४ फुटबलर पनि छात्रवृत्तिमा अध्ययन गरिरहेका छन् ।