काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्थाको ७० हजार कित्ता संस्थापक शेयर बिक्री खुला भएको छ । विभिन्न ८ संस्थापक शेयरधनीहरुको नाममा रहेको ७० हजार १५९ कित्ता शेयर बिक्रीमा आएको हो ।
उक्त शेयर आम सर्वसाधारण, व्यक्ति, संस्था, कम्पनीले खरिद गर्न सक्ने जनाइएको छ । सो शेयर यसअघि विद्यमान संस्थापकहरुका लागि मात्र खुला गरिएको थियो । तर, संस्थापकहरुबाट कुनै निवेदन प्रप्त नभएकाले आम सर्वसाधारण, व्यक्ति, संस्था तथा कम्पनीका लागि बिक्रीमा राखिएको संस्थाले जनाएको छ ।
मिना कडरिया, आशिष राज पाण्डे, चन्द्र प्रसाद ओडारी, टठ बहादुर पाण्डे, सरस्वती शाह, उत्तम कुमार शाह, राम प्रसाद खरेल र तुलासम पुरीको नाममा रहेको उक्त शेयर बिक्रीमा राखिएको हो ।
इच्छुक लगानीकर्ताले १५ दिन भित्र संस्थाको केन्द्रीय कार्यालय बनेपामा आवेदन पेश गर्नुपर्ने छ ।
आर्थिकन्यूज