शीर्षकहरू

अमेरिकादेखि थाइल्याण्डसम्मको स्याम्फुले नुहाउछन् नेपाली, ११ महिनामा २६ लाख लिटर आयात

अमेरिकादेखि थाइल्याण्डसम्मको स्याम्फुले नुहाउछन् नेपाली, ११ महिनामा २६ लाख लिटर आयात

काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा विभिन्न ४६ देशबाट २६ लाख २४ हजार ५३० लिटर स्याम्फु आयात भएको छ । चालु आवको जेठ मसान्तसम्म उक्त स्याम्फु आयात गर्दा देशबाट १ अर्ब १७ करोड ११ लाख रुपैयाँ बाहिरिएको भन्सार विभागले जनाएको छ । 

विभागका अनुसार सो स्याम्फु आयातबाट ६७ करोड ७२ लाख रुपैयाँ राजस्व संकलन भएको छ । यस अवधिमा भारत, चिन, थाइल्याण्ड, बंगलादेश, भियतनाम, दक्षिण कोरिया, अमेरिका, यूएई, इटाली, टर्की लगायत ४६ देशबाट स्याम्फु आयात भएको छ ।

जसमध्ये सबैभन्दा धेरै भारतबाट ७५ करोड ५८ लाख रुपैयाँ बराबरको १६ लाख २६ हजार लिटर स्याम्फु आयात हुँदा चिनबाट २८ करोड ६५ लाख रुपैयाँको ७ लाख ६६ हजार लिटर, थाइल्याण्डबाट ४ करोड २२ लाख रुपैयाँ बराबरको ९४ हजार लिटर, बंगलादेशबाट २ करोड ७८ लाख रुपैयाँ बराबरको ६१ हजार लिटर र भियतनामबाट २ करोड ५ लाख रुपैयाँ बराबरको १२ हजार लिटर स्याम्फु आयात भएको विभागको तथ्यांकमा उल्लेख छ । 

यसैगरी, दक्षिण कोरियाबाट ७८ लाख रुपैयाँको १४ हजार लिटर, अमेरिकाबाट ४७ लाख रुपैयाँ बराबरको ५ हजार लिटर, यूएईबाट ४४ लाख रुपैयाँ बराबरको १३ हजार लिटर, इटालीबाट ४२ लाख रुपैयाँ बराबरको ६ हजार लिटर, टर्कीबाट २७ लाख रुपैयाँ बराबरको ५ हजार लिटर, ईजीप्टबाट २३ लाख रुपैयाँ बराबरको ४ हजार लिटर, जापानबाट १७ लाख रुपैयाँ बराबरको १ हजार लिटर र जर्मनबाट १७ लाख रुपैयाँ बराबरको १ हजार लिटर स्याम्फु आयात भएको कछ । 

कुन देशबाट कति आयात ? 

null

यसैगरी, पछिल्लो ११ महिनामा विभिन्न ५ मुलुकमा ७ लाख ५० हजार रुपैयाँ बराबरको ११ लाख लिटर स्याम्फु निर्यात भएको पनि विभागले उल्लेख गरेको छ । भारत, हङकङ, दक्षिण कोरिया, अमेरिका र जापानमा नेपालबाट उक्त मात्रामा स्याम्फु निर्यात भएको हो ।