शीर्षकहरू

हिम स्टार उर्जाको आईपीओ भर्ने आज अन्तिम दिन

हिम स्टार उर्जाको आईपीओ भर्ने आज अन्तिम दिन

काठमाडौं । हिम स्टार उर्जा कम्पनी लिमिटेडले निष्काशन गरेकाे आईपीओमा आवेदन दिने आज असार २७ गते अन्तिम दिन रहेकाे छ । असार २४ गते मंगलबारदेखि बिक्री खुला भएकाे साे आईपीओ भर्ने आज अन्तिम दिन रहेकाे छ । कम्पनीले सर्वसाधारणका लागि ७ लाख ७३ हजार ९७५ कित्ता शेयर निष्काशन गरेकाे हाे ।

आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि भने यस अघि नै बाँडफाँट भइसकेको छ ।

नेपाल धितोपत्र बोर्डबाट कम्पनीले जारी पूँजी ३७ करोड ३० लाख रुपैयाँको ३० प्रतिशत अर्थात् ११ करोड १९ लाख रुपैयाँ बराबरको ११ लाख १९ हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। जसमध्ये १ लाख ८६ हजार ५०० कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि र ९३ हजार २५० कित्ता शेयर वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको थियो।

कर्मचारीलाई १८ हजार ६५० कित्ता र सामूहिक लगानी कोषहरूका लागि ४६ हजार ६२५ कित्ता शेयर कम्पनीले सुरक्षित गरिसकेको छ । 

हाल यस कम्पनीले सोलुखुम्बु र ओखलढुंगाको सिमानामा पर्ने बुकु खोलामा ५ मेगावट क्षमताको बुकु-कपती जलविद्युत आयोजना निर्माण गरेको छ ।