शीर्षकहरू

११ महिनामा वाणिज्य बैंकको नाफा आधा खर्ब बढी, कुन बैंकको कति ?

११ महिनामा वाणिज्य बैंकको नाफा आधा खर्ब बढी, कुन बैंकको कति ?

काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा वाणिज्य बैंकहरुले आधा खर्ब रुपैयँ नाफा आर्जन गरेका छन् । सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकले चालु आवको जेठ मसान्तसम्म ५१ अर्ब ८६ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको नेपाल राष्ट्र बैंकले जनाएको छ । 

राष्ट्र बैंकका अनुसार यो अवधिमा सबैभन्दा धेरै खुद नाफा आर्जन गर्नेमा नबिल बैंक अगाडि रहेको छ । नबिलले ६ अर्ब ४० करोड ८३ लाख रुपैयाँ खुद नाफा आर्जन गर्दा ग्लोबल आईएमई बैंकले ६ अर्ब ३ करोड ६४ लाख, नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले ५ अर्ब ६८ करोड ८१ लख, एभरेष्ट बैंकले ४ अर्ब २४ करोड ६ लाख र एनएमबी बैंकले ३ अर्ब ३ करोड ११ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छन् । 

यसैगरी, प्राइम कमर्सियल बैंकले २ अर्ब ९० करोड ५० लाख, स्ट्याण्डर्ड चाटर्ड बैंकले २ अर्ब ७२ करोड ६२ लाख, लक्ष्मी सनराईज बैंकले २ अर्ब ५७ करोड ९२ लाख, प्रभु बैंकले २ अर्ब ३१ करोड २० लाख र सिद्धार्थ बैंकले २ अर्ब २१ करोड ८१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । 

कुन बैंकले कति नाफा आर्जन गर्यो ?

null