शीर्षकहरू

मौद्रिक नीतिपछिको शेयर बजारमा उत्साह, एक घण्टा नपुग्दै ४ अर्बको कारोबार

मौद्रिक नीतिपछिको शेयर बजारमा उत्साह, एक घण्टा नपुग्दै ४ अर्बको कारोबार

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबार जारी गरेको आगामी आर्थिक वर्ष (आव) २०८२-८३ को मौद्रिक नीतिको प्रभावका कारण शेयर बजारमा उत्साह देखिएको छ । बजारमा अहिले शेयर बिक्रीमा भन्दा खरिदमा चाप देखिएको छ । जसले गर्दा छोटो समयमा धेरै कारोबार भएको छ।

आईतबार बजार खुलेको केही बेरमै नेप्से परिसुचक करिब ६६ अंकले बढेर २७९८ अंकसम्म पुगेको थियो । नेप्से बढेसँगै बजारमा बिक्री पक्ष हाबी भएसँगै परिसुचक केहि घटेको हो । बजार खुलेको एक घण्टा नुपुग्दै ४ अर्ब बढीको कारोबार भइसकेको छ । यो खबर तयार पारिरहदा नेप्से सूचक ३० अंक बढेर २७६१ को विन्दु आसपास रहेको छ।

यद्यपी, अघिल्लो कारोबारको तुलनामा सबै परिसुचकहरु बढेरै कारोबार भइरहका छन् । सवा एक घण्टाको अवधिमा कुल ४ अर्ब ४८ करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको छ।

मौद्रिक नीतिले उद्यम व्यवसाय, ब्याजदर कोरिडोर, घरजग्गा, शेयर कारोबार लगायतमा गरेको लचिलो व्यवस्थाले अर्थतन्त्रले गति लिने अपेक्षा गरिएको थियो ।

null