शीर्षकहरू

नेपाल एसबिआई बैंकको ऋणपत्र बिक्री खुल्यो

नेपाल एसबिआई बैंकको ऋणपत्र बिक्री खुल्यो

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडको ऋणपत्र आज असार ३० गतेदेखि बिक्री खुला भएको छ। १० वर्ष अवधिको उक्त नेपाल एसबिआई बैंक ऋणपत्र २०९०’को वार्षिक ७ प्रतिशत ब्याजदर रहने छ । 

बैंकले ३ अर्ब रुपैयाँ बराबरको प्रति ऋणपत्र १००० रुपैयाँ अंकित मूल्यको ३० लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो। जसको ६० प्रतिशत अर्थात १ अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट र ४० प्रतिशत अर्थात १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता सर्वसाधारणमा बाँडफाँट गरिने कम्पनीले जनाएको छ।

सर्वसाधारण मध्येको ५ प्रतिशतले हुन आउने ६० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ।

सो ऋणपत्रमा न्यूनतम् २५ र अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन्। निष्काशन बन्द छिटोमा साउन १ गते हुनेछ भने ढिलोमा साउन १२ गते हुनेछ।

बैंकको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ।