काठमाडौँ । एनआईसी एशिया बैंक र ई स्टप नेपाल प्रालिबीच छुट सम्बन्धी सम्झौता भएको छ । बैंकका ग्राहक महानुभावहरुलाई रेष्टुरेन्टको खाना र चार्जिङ स्टेसन सेवामा छुट उपलब्ध गराउने विषयमा सम्झौता भएको हो । यस सम्झौतापछि बैंकका ग्राहक महानुभावहरुले ई।स्टप नेपालले उपलब्ध गराएको रेष्टुरेन्टका परिकारमा १० प्रतिशत र चार्जिङ स्टेसन सेवामा ५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।
ई-स्टप नेपालले नवलपुरस्थित दलदले, सिन्धुलीस्थित रामटार र कुरिनटारमा रेष्टुरेन्टसँगै उपलब्ध गराएको चार्जिङ स्टेसनहरुमा विद्युतीय गाडी चार्ज गर्दै खानाको स्वादमा छुट सुविधा उपभोग गर्न सक्नेछन् । ग्राहक महानुभावहरूले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एपमार्फत भुक्तानी गर्दा छुट सुविधा लिन सक्नेछन् ।
आर्थिकन्यूज