काठमाडौं । बरुण हाइड्रो पावर लिमिटेडले आज (असार ३१ गते) देखि शतप्रतिशत हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गरेकाे छ ।
कम्पनीले हाल कायम चुक्ता पूँजी ५३ करोड ५८ लाख १५ हजार रुपैयाँ बराबरको ५३ लाख ५८ हजार १५० कित्ता हकप्रद शेयर निष्काशन गरेकाे हाे । प्रति कित्ता शेयर मूल्य १०० रुपैयाँ हुनेछ ।
हकप्रद प्रयोजनार्थ जेठ २२ गते कम्पनीले बुकक्लोज गरेको थियो। अर्थात् जेठ २१ गतेसम्म कायम शेयरधनीहरुले हकप्रद शेयरका लागि आवेदन दिन पाउने छन्। उक्त हकप्रद शेयरका लागि साउन १९ गतेसम्म आवेदन दिन सकिने छ।
२०८० असार १२ गते बसेको कम्पनीको सञ्चालक समितिकाे बैठकले १०० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरेको थियो । उक्त निर्णय साउन १४ गते सम्पन्न विशेष साधारण सभाले समेत पारित गरेको थियो ।
हकप्रद निष्कासन पश्चात् कम्पनीको पूँजी १ अर्ब ७ करोड १६ लाख ३० हजार रुपैयाँ पुग्नेछ ।
आर्थिकन्यूज