शीर्षकहरू

कर्णाली प्रदेशका बैंकहरुले कृषि तथा औद्योगिक कर्जा बढाए, सबैभन्दा धेरै सेवा क्षेत्रमा

कर्णाली प्रदेशका बैंकहरुले कृषि तथा औद्योगिक कर्जा बढाए, सबैभन्दा धेरै सेवा क्षेत्रमा

काठमाडौं । कर्णाली प्रदेशमा संचालित बैंक तथा वित्तीय संस्थाहरुले कृषि तथा औद्योगिक क्षेत्रमा प्रवाह गर्ने कर्जा बढाउँदै लगेका छन् । नेपाल राष्ट्र बैंकको अध्ययन अनुसार चालु आवको ६ महिनामा कृषि क्षेत्रमा प्रवाहित कर्जा १४.०१ प्रतिशत तथा औद्योगिक कर्जा १४.९५ प्रतिशतले वृद्धि भएको छ । कुल कर्जामध्ये सबैभन्दा धेरै सेवा क्षेत्रमा प्रवाह भएको छ ।

राष्ट्र बैंकले सार्वजनिक गरेको कर्णाली प्रदेशको आर्थिक गतिविधि अध्ययन प्रतिवेदन अनुसार समग्र कृषि क्षेत्रमा प्रवाहित कर्जाले कुल कर्जाको ८.७१ प्रतिशत हिस्सा ओगटेको छ । यस्तै औद्योगिक कर्जाको हिस्सा ६.४१ प्रतिशत तथा ८४.८९ प्रतिशत कर्जा सेवा क्षेत्रमा प्रवाह भएको छ ।

यस प्रदेशका बैंक तथा वित्तीय संस्थाहरुद्वारा कृषि क्षेत्रमा प्रवाहित कर्जा गत अवधिको तुलनामा १४.०१ प्रतिशतले वृद्धि भई ५ अर्ब १५ करोड ५६ लाख पुगेको छ । प्रदेशमा प्रवाहित कुल कृषि कर्जामध्ये सबैभन्दा धेरै १ अर्ब ८५ करोड ८२ लाख सुर्खेत जिल्लामा प्रवाहित भएको छ भने सबैभन्दा कम १३ करोड ७५ लाख मुगुजिल्लामा प्रवाहित भएको देखिन्छ ।

कर्णाली प्रदेशका बैंकहरुले समीक्षा अवधिमा.३ अर्ब ७९ करोड ५६ लाख औद्योगिक कर्जाप्रवाह गरेका छन्। समीक्षा अवधिमा यस्तो कर्जा १४.९५ प्रतिशतले वृद्धि भएको हो । समीक्षा अवधिमा धातुका उत्पादन मेसिनरी तथा ईलेक्ट्रोनिक्स सम्बन्धी उद्योगमा प्रवाहित कर्जा सबैभन्दा बढी २९.४५ प्रतिशतले वृद्धि भएको छ भने कृषि, वन तथा पेय पदार्थ उत्पादन सम्बन्धी उद्योगमा प्रवाहित कर्जामा १५.२९ प्रतिशतले कमी आएको छ । समीक्षा अवधिमा सुर्खेत जिल्लामा सबैभन्दा धेरै २ अर्ब ३२ करोड ३२ लाख औद्योगिक कर्जा प्रवाह भएको छ भने डोल्पा जिल्लामा सबैभन्दा कम १ करोड २८ लाख कर्जा प्रवाह भएको छ ।

यस प्रदेशमा बैंक तथा वित्तीय संस्थाहरुद्वारा प्रवाहित कुल कर्जामध्ये सबैभन्दा धेरै ८४.८९ प्रतिशत कर्जा सेवा क्षेत्रमा प्रवाह भएको छ । समीक्षा अवधिमा, सेवा क्षेत्रमा प्रवाहित कर्जामा २७.३३ प्रतिशतले वृद्धि भई ५० अर्ब २७ करोड ३६ लाख कायम भएको छ भने गत अवधिमा यस्तो कर्जामा १८.९८ प्रतिशतले कमी आएको थियो ।

कर्णाली प्रदेशमा बैंक तथा वित्तीय संस्थाहरुले संकलन गरेको निक्षेप गत अवधिको तुलनामा १२.५७ प्रतिशतले वृद्धि भई ७४ अर्ब २८ करोड पुगेको छ । गत अवधिमा यस्तो निक्षेप ५.४२ प्रतिशतले वृद्धि भई ६५ अर्ब ९८ करोड ४७ लाख पुगेको थियो । समीक्षा अवधिमा कर्णाली प्रदेशमा बढेको रेमिट्यान्स आप्रवाह, बैंकिङ सेवामा आएको विस्तार तथा सर्वसाधारणको बचत गर्ने बानीमा आएको विकासले कुल निक्षेपमा वृद्धि भएको देखिन्छ ।

null

कर्णाली प्रदेशको समग्र कृषि बालीले ढाकेको भू–क्षेत्र घटेको छ । समीक्षा अवधिमा प्रमुख खाद्य बालीमध्ये धान, मकै गहुँकोदो र जौले ढाकेको क्षेत्रफलमो ह्रास आएको छ भने तरकारी र फलफुल बालीले ढाकेको क्षेत्रफलमा वृद्धि भएको छ । यस अवधिमा समग्र कृषि बालीको उत्पादन बढेको छ भने खाद्य, नगदे तथा अन्य बालीको उत्पादन घटेको छ। प्रमुख खाद्य बालीमध्येधान, गहुँ कोदोर जौको उत्पादन घट्दा मकैको उत्पादन भने बढेको छ । यस्तै यस अवधिमा तरकारी र फलफुल खेतीको उत्पादन बढेको छ । 

समीक्षा अवधिमा कर्णाली प्रदेशमा नमुना छनोटमा समेटिएका उद्योगहरुको औसत क्षमता उपयोग ३७.९३ प्रतिशत रहेको छ । कागज तथा कागजका उत्पादन सम्बन्धी उद्योगको क्षमता उपयोग सबैभन्दा बढी ९७.० प्रतिशत रहेको छ भने दुग्ध पदार्थ उत्पादन गर्ने उद्योगको क्षमता उपयोग सबैभन्दा कम २६ प्रतिशत रहेको छ । समीक्षा अवधिमा औद्योगिक कर्जा गत अवधिको तुलनामा १४.९५ प्रतिशतलेवृद्धि भएको छ । कर्णाली प्रदेशमा प्रवाह भएको समग्र कर्जाको ६.४१ प्रतिशत हिस्सा औद्योगिक कर्जाले ओगटेको छ । 

null

यस प्रदेशमा भित्रिने पर्यटकको संख्यामा ११.०९ प्रतिशतले वृद्धि भएको छ । भारत, चीन र तेस्रो मुलुकबाट भित्रिने पर्यटकको संख्या क्रमशः १२.८२ प्रतिशत, ३.६९ प्रतिशत र १३.३४ प्रतिशतले वृद्धि भएको छ । समीक्षा अवधिमा यस प्रदेशमा बैंक तथा वित्तीय संस्थाहरुद्वारा प्रवाहित कुल कर्जामध्ये सबैभन्दा धेरै ८४.८९ प्रतिशत कर्जा सेवा क्षेत्रमा प्रवाह भएको छ । 

समीक्षा अवधिमा कर्णाली प्रदेशमा वाणिज्य बैंक तथा वित्तीय संस्थाहरुको शाखा संख्या ४७७ पुगेको छ भने शाखारहित बैंकिङ संख्या २६ कायम भएको छ । समीक्षा अवधिमा यस प्रदेशमा कर्जा तथा निक्षेप अनुपात ८१.६७ प्रतिशत रहेको छ ।

आर्थिक वर्ष २ं०८०-८१ मा यस प्रदेशमा विद्युत् प्रसारण लाईन २४१६.४७ कि.मि. पुगेको छ भने १७.४१ मेगावाट विद्युत्उत्पादन भएको छ । कर्णाली प्रदेशमा निर्माणाधीन पुष्पलाल लोकमार्ग, कर्णाली कोरिडोर, मदन भण्डारी राजमार्गर भेरी बबई डाईभर्सन बहुउद्देश्यीय आयोजनाहरुको निर्माण कार्यले गति लिइरहेको देखिन्छ

राष्ट्रिय तथ्याङ्क कार्यालयको प्रारम्भिक तथ्यांक अनुसार आर्थिक वर्ष २०८१-८२ मा नेपालको आर्थिक वृद्धिदर उपभोक्ताको मूल्यमा ४.६ प्रतिशत रहने प्रारम्भिक अनुमान रहेकोमा कर्णाली प्रदेशको आर्थिक वृद्धिदर ४.७ प्रतिशत रहने प्रारम्भिक अनुमान छ । यस प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा कृषि, उद्योग र सेवा क्षेत्रको योगदान क्रमशः ३१.५ प्रतिशत, ९.६ प्रतिशत र ५८.९ प्रतिशत रहने प्रारम्भिक अनुमान छ ।