शीर्षकहरू

भगवती न्यौपाने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री नियुक्त

भगवती न्यौपाने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री नियुक्त

काठमाडौं ।नेकपा (एमाले)की राष्ट्रियसभा सदस्य भगवती न्यौपानेसंघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीमा नियुक्त भएकी छन् ।

मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले म न्यौपानेलाई मन्त्री पदमा नियुक्त गरेका हुन् ।

न्यौपाने राष्ट्रियसभामा एमाले संसदीय दलको प्रमुख सचेतकको भूमिकामा छिन् ।

घुस डिल अडियो प्रकरणमा मुछिएका राजकुमार गुप्ताले मंगलबार नै पदबाट राजीनामा दिएका थिए ।

उनले अनुसन्धानलाई सघाउन आफूले राजीनामा दिएको बताउँदै खाँदै नखाएको विष आफूलाई लागेको दाबी गर्दै आएका छन् ।