काठमाडौं । नेपाल प्रहरीले नेपाली एक हजारका नक्कली नोट बरामद गरेको छ । जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका वडा नं १० शान्ति टोल स्थितमा जिल्ला जाजरकोट कुशे गाउँपालिका वडा न।५ बस्ने बर्ष २२ की दिलमाया सिंह ठकुरीको साथबाट एक जारका ६ थान बरामद गरेका प्रहरीले जनाएको छ । त्यस्तै जाजरकोट कुशे गा पा वडा ०५ खुर्पा बस्ने बर्ष राम बाहदुर सिंहको कोठाबाट एक हजारका नक्कली नोट १२ लाख छत्तीस हजार वरामद गरेको प्रहरीले जनाएको छ ।
त्यस्तै, बाँके कोहलपुर नगरपालिका वडा नं ११ न्युरोडमा जनगर्जन नेटवर्क प्रालि नामक मिडिया संचालन गरी बस्ने मन बहादुर सहकारीबाट नेपाली नक्कली एक हजारका ५१ थान बरामद गरेको प्रहरीले जनाएको छ ।
त्यस्तै, जाजरकोट कुशे गापा ७ समकोट गमौडी घर भइ हाल सुर्खेत भेरीगंगा नगरपालिका वडा नं १२ ठकुरीटोल स्थिमा डेरा गरी बस्ने कृष्णबहादुर वली र प्रेम बहादुर बिकको साथबाट कालो झोला भित्र अफिम जस्तो देखिने गिलो पदार्थ ११ किलोग्राम ३७२ मिलिग्राम फेलापारी बरामद गरी निजहरुलाई समेत नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
आर्थिकन्यूज