शीर्षकहरू

शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको ऋणपत्र बिक्री खुला

शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको ऋणपत्र बिक्री खुला

काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडको ऋणपत्र आज (असार ३२ गते) देखि निष्काशन तथा बिक्री खुला भएको छ। बैंकले ८ प्रतिशत ब्याज दिनेगरी १० वर्ष अवधिको  ‘शाइन रेसुङ्गा डिबेञ्चर’ असार ३२ गतेदेखि निष्काशन गरेकाे हाे।

बैंकले १ अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता ऋणपत्र निष्काशन गर्न गरेकाे हाे। जसको अंकित मूल्य प्रतिऋणपत्र एक हजार रहने छ । सोमध्ये ६० प्रतिशत अर्थात ६० करोड रुपैयाँ बराबरको ६ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट र बाँकी ४० प्रतिशत अर्थात ४० करोड रुपैयाँ बराबरको ४ लाख कित्ता सर्वसाधारणमा बाँडफाँट गरिने बैंकले जानकारी दिएको छ। सर्वसाधारणमा बाँडफाँट गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात २० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि सूरक्षित राखिएको छ ।

सो ऋणपत्रमा न्यूनतम २५ कित्ता र अधिकतममा ५ लाख कित्ताका लागि आवेदन दिन सकिने छ। निष्काशन बन्द छिटोमा साउन ४ गते र ढिलोमा साउन १४ गते हुनेछ।

बैंकको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईएमबी एस क्यापिटल लिमिटेड रहेको छ।